2026-10-15 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनःस्थापना

पुस २१, काठमाडौँ | रासस | दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । 

सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामकतोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामालाई हस्तान्तरण गरिएको थियो । आज बिहान फलाँटेस्थित तालिम केन्द्रमा पूजापाठ गरी सैनिक गाडीमा राखेर तोप–गोला दैलेख पु¥याइएको हो । इन्द्रदल गुल्मका गुल्मपति लामाले हाल तोप र गोला काँडाचौरस्थित गुल्ममै राखिने बताउँदै भन्नुभयो, “कोतगढीमा तोपघर निर्माण पूरा नहुञ्जेल सैन्य सामग्री काँडाचौर ब्यारेकमै राखिनेछ ।” दैलेख सदरमुकामस्थित पुरातात्विक सम्पदा कोतगढी नेपाली सेनाको स्वामित्वमा छ ।

 नारायण नगरपालिकाले कोतगढीको पर्यटकीय विकासका लागि तोप घर निर्माण गरिरहेको छ । नारायण नगरपालिका र इन्द्रदल गुल्मले जङ्गी अड्डासमक्ष तोप र गोला दैलेखमा पुनःस्थापना गर्न माग गर्दै आएका थिए । बुढापाकाका भनाइमा २०२८ सालमा दैलेखमा भोकमरीका कारण सैनिक गण नै सुर्खेत सार्नुपरेको थियो । जिल्लामा खाद्यान्न अभाव भई भोकमरीको अवस्था सिर्जना हुनु र तराईबाट खाद्यान्न ढुवानी गर्न सडक तथा अन्य वैकल्पिक ढुवानीका साधन नहुँदा सरकारले कोतगढीमा बस्दै आएको गण सुर्खेत सारेको थियो ।

सैनिक गणसँगै सुन्दरी, अर्गा तोपका साथै परम्परागत गोला बारुद पनि सुर्खेत ल्याइएको थियो । पित्तल धातुको सुन्दरी तोप विसं १८४६ ताका बनेको बताइन्छ । नारायण–१ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले दैलेखको इतिहाससँग जोडिएका तोप–गोलाको पुनःस्थापनाले जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने बताउनुभयो ।

उहाँले ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिनुभयो । “यो नेपाली सेनाको मात्रै होइन, हाम्रो जिल्लाकै अमूल्य सम्पति हो”, उहाँले भन्नुभयो, “सेनासँग सहकार्य गरेर कोतगढीमा संरक्षण र सम्वद्र्धन नगरपालिकाले गर्नेछ, त्यसका लागि पूर्वाधारको व्यवस्थापनको काम भइरहेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने