सुदूरपश्चिममा सङ्क्रमित दोब्बरले बढे

साझासवाल
1 Min Read

<p><b>पुस २२, बैतडी | </b>सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस सङ्क्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार ५५ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।&nbsp;<br></p><p>पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।&nbsp;&nbsp;</p><p>गएको २४ घण्टामा प्रदेशभर छ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा&nbsp; सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा ५५ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए ।&nbsp; सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।</p>

Leave a Comment

Leave a Reply