रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । प्रदुषण पिडित संघर्ष समिति र किसानहरुले इन्दरा सुगर मिल गंगापुरका सहायक प्रहलाद याद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । प्रदुषण पिडित संघर्ष समिति र किसानहरुले इन्दरा सुगर मिल गंगापुरका सहायक प्रहलाद याद"/>
2026-07-04 07:10 PM
नवलपुर - NWL

नवलपरासीका प्रदुषण पिडित र किसानद्धारा इन्दरा सुगर मिलका कर्मचारीमाथि कुटपिट

रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । प्रदुषण पिडित संघर्ष समिति र किसानहरुले इन्दरा सुगर मिल गंगापुरका सहायक प्रहलाद यादव र उनका छोरा मुन्ना यादवलाई कुटपिट गरेका छन् । प्रदुषण पिडित संघर्ष समिति र पिडित किसानहरु बिच तथा मिल मालिक बिच आज हुने भनिएको वार्ता मिल मालिक मापदण्डअनुसार कागजपत्र लिएर न आएपछि मिल कर्मचारी र किसानहरु बिच झडप भएको थियोे । 



इन्दरा सुगर मिल गंगापुरले आफ्नो दुषित पानी कंगली र चुर्निया खोलामा ढल निकास गरेपछि वरिपरि किसानले लगाएको सयौ बिगहा धानबाली तरकारी र केरा खेती नष्ट भएका छन साथै मानव स्वास्थ्य मा गम्भीर असर पारेको, खानेपानी दुषित भएको, लामखुट्टे को बिगबिगी भएको भन्दै गत २७ गते देखि किसानहरूले  चरणबद्ध आन्दोलन गर्दै आएका छन् । 



संघर्ष समिति का संयोजक विनोद यादवले साझासबाल लाई जानकारी दिए अनुसार भोलि देखि बाताबरण विभाग का राजेश्वर पौडेलको नेतृत्वमा कृषि कार्यालय मिलको पानी, धुवा, धुली चेक, ब्यालर लगायतको परिक्षण गरि सात दिन भित्र जिल्ला प्रशासन कार्यालय मा बुझाइने आज सम्झौता भएको बताउनु भयो । संघर्ष समितिले मिल कर्मचारी संग वार्ता न हुने मात्र मिल मालिक संग हुने अडान राख्दै आएको छ ।



 आज पुनः संघर्ष समिति र किसानहरुले शान्ति चौर देखि नारा जुलुस सहित आएर जिल्ला प्रशासन लाई घेराउ गरेका थिए । संघर्ष समितिउ का सदस्य अल्सगिर हजामले मिलमा रहेको डिष्टलरी बन्द गर्नु पर्ने र क्षतिपुर्ति दिनु पर्ने प्रमुख रहेको बताउनु भएको छ तत्काल भएन भने वहाले अनशनमा हामी पिडित किसान बस्ने चेतावनीसमेत दिनु भएको छ । 



किसानहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय मा ज्ञापनपत्र समेत बुझाउदा सम्बन्धित निकायले ध्यान न दिएको किसानहरुको गुनासो छ । यता जिल्ला प्रमुख अधिकारी महादेव पन्तले किसाहरुले अविलम्ब क्षतिपूर्ति पाउने बताउदै आउनु भएको छ र डाटा संकलनमा छुटेका किसानको क्षतिपूर्ति विवरण सात दिन भित्र जिल्ला प्रशासन कार्यालयमा पेशा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै