२०८३ असार २, मंगलबार | ०३:४६ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बाघको आक्रमणबाट घाइते

पुस २४, नवलपुर | नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो मध्यविन्दु नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते हुनुभएको हो । भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ । उहाँको अवस्था चिन्ताजनक छ । बाघको आक्रमणबाट घाइते हुनुभएका कुमाललाई स्थानीयवासीले उद्धार गरी  मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि ल्याएका थिए । मध्यविन्दुमा सामान्य उपचारपछि भरतपुर सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो ।

नवलपुरको दुम्किबास, अरुणखोला, मध्यविन्दु क्षेत्रमा बाघका कारण स्थानीयवासी त्रसित छन् । यसअघि यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको मृत्यु भएको छ । बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी थप चिन्तित बनेका छन् । उनीहरूले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् ।

यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले एक सूचना जारी गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । गाईवस्तु चराउन, घाँस काट्न, निउरो, च्याउ टिप्न वन क्षेत्रमा नजान कार्यालयले अनुरोध गरेको छ । बाघ नियन्त्रणका लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जाँदा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते