भदौ ८, मोरङ । विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ ।

रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढाइएको छ भने रथयात्राको दिन अप्रिय रुपमा कुने घटना नहोस भन्नको लागी स्थानिय प्रहरी सगँ सहकार्य गरेर सुरक्षा व्यावस्था कडा बनाइएको रथयात्रा आयोजक समितिका सदस्य चम्पालाल राठिले जानकारी दिनु भयो ।

त्यसका लागी नेपाल प्रहरी , सष्शत्र प्रहरीले सादा पोषाक मा विशेष टोलि खटाउने तयारी गरेको छ ।

यस वर्षको रथयात्रालाई भव्य बनाउनका लागी हेलिकप्टर बाट पुष्प वृष्ठी साथै रथलाई विशेषरुपमा सिघारीने भएको छ । रथयात्रालाई पर्सि अपरान्ह ३ वजे विशेष रुपमा धार्र्मिक विधि अनुसार पुजा गरेर अपरान्ह ४ वजे देखी रथयात्रा प्रारम्भ हुने आयोजक समितिका सदस्य पवन सुडानाले जानकारी दिनुभयो ।

यस रथयात्रामा सहभागि हुनको लागी नेपालका साथै भारतिय वजारमा पनि उल्लेखिय रुपमा दर्शनार्थी को उपस्थिति रहने गर्दछ ।