Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रेडक्रसले दियो ११ जनालाई राहत

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ८, पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले कुश्माको शिवालय नमूना उच्च मावि ११ जना विद्यार्थीलाई बिभिन्न सामग्रीहरु सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत दृष्टि बिहीन विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले ११ थान कम्बल, ५ थान भाँडा, पप्लीन कपडा २० मिटर, जिन कपडा ३० मिटर र २ थान बाल्टी प्रदान गरिएको रेडक्रस पर्वतका सभापति रुद्रबहादुर रिमालले जानकारी दिनुभयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै रेडक्रस पर्वत शाखाका सभापति रिमालले भबिष्यमा पनि दृष्टि बिहीन विद्यार्थीहरुलाई शैक्षिक लगायत अन्य बन्दोबस्तीका सामग्रीहरु उपलब्ध गराउँदै जाने उल्लेख गर्नुभयो ।

दृष्टि नदेख्ने मानिसहरु झनै आत्मविश्वासी हुने भन्दै उहांले अध्ययनलाई गुणात्मक बनाएर इतिहास रच्ने सफलताको शुभकामना पनि दिनुभयो । आँपूmहरुलाई रेडक्रस पर्वत शाखाले गरेको सहयोगले अध्ययनमा थप उत्प्रेरणा दिने भन्दै दृष्टि बिहीन विद्यार्थीहरुले रेडक्रस पर्वत शाखालाई बिशेष धन्याद पनि दिएका छन ।

सभापति रिमालकै सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका उपसभापति डा चुडामणि शर्मा र कमलनाथ पोख्रेलको बिशेष उपस्थिति रहेको थियो ।

त्यस्तै, शिवालय नमूना उच्च माविका प्रधानाध्यापक भुपेन्द्र चापागाईं, शिवालय बहुमुखी क्याम्पसका प्रचार्य कमल शर्मा आचार्य, शिवालय उमाविका शिक्षक लेखनाथ उपाध्याय, विद्यालयका जुरेस शिक्षक नायक हरिनारायण उपाध्याय लगायतले पनि सहभागिता जनाउनुभएको थियो ।