भदौ ८, पर्वत । घरमा पक्की शौलाचलय बनाउनको लागि ऋण खोजेर पक्की शौचालय निर्माणको लागि स्थानियहरु लागि परेका छन् ।

खानिगाउँ गाउँ विकास समितिलाई पूर्ण सरसफाईयुक्त बनाउनको लागि पहल थालिएपछि स्थानियबासीले पक्की शौचालय बनाउनको लागि ऋण लिएर भएपनि पक्की र्शौचालय बनाउनको लागि अग्रसर भएको गाविस सचिव सुर्यप्रकाश लामिछाने बताउँछन् ।

घरायसी, ब्यक्तीगत, सामुदायीक र वातावरण सरसफाई कायम राख्नका साथै दैनिक उपभोग्य सामान खरिदमा पलाष्टिक प्रयोग गरीसके पछी मानिसले जथाभावी पलाष्टिक फाल्ने हुदाँ त्यसलाई व्यवस्थीत बनाउन रिङ्ग निर्माण गर्न लागीएको गाउँ विकास समिति खानीगाउँले जनाएको छ ।

गाबिसका अनुसार फोहोर व्यवसथापन गर्न बिधालय, चोक तथा सार्वजनिक स्थानका बिभिन्न भागमा रिङ्ग राखिने छ । रिङ्ग बनाउन सबै पैसा गाबिसले जुटाउन नसक्दा ऋण खोजेरै भएपनी सरसफाई यूक्त नमुना बनाउँनको लागि गाउँलेहरु जुटेका हुन ।

गाबिसका सबै घर धुरीमा अनिवार्य रुपमा पक्की शौचालय निर्माण गर्नैपर्ने हुदाँ आर्थिक अवस्था कमजोर भएका घर परिवार लाई ऋण खोजेर भएपनी शौचालय बनाउन लागेको गाबिस साहयक बुद्धीराज पौडेलले बताए ।

उनका अनुसार शौचालय निर्माण सामाग्रीमा पाईप, रिङ्ग प्यान शिट लगाएत सामाग्री उपल्बध गराईने छ । गाबिस लाई खुल्ला दिशामुक्त घोषणा गरिएपनी गाबिसका केहीँ घरमा पक्की शौचलय निर्माण भने भएको थिएन । गाउँका धेरै घरमा पक्की शौचालय बनेको र आर्थीक आवस्था अति कमजोर भएका केही घर परिवारलाई शौचालय बनाउन गाह्रो भएका कारण वाध्य भएर ऋण काढेर शौचालय निर्माण गरेको स्थानीय सन्तुमाया परियारले बताइन ।

यो आर्थिक बर्षभित्र उक्त गाविसलाई पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिने लक्ष्य रहेको छ ।

August 24, 2016
पर्बत - PBT, समाज
ऋण लिएर पक्की शौचालय निर्माण
By kit
4 मिनेट पढाइ