<p><b>पुस २८, काठमाडौँ | </b>हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान (बादशाह) ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो । बादशाह कपिलवस्तु मायादेवी गाउँपालिका–४ का निवासी हुन् भने उनकी श्रीमती लुम्बिनी सभा सदस्य छिन् ।<br></p><p>जिल्ला अदालत कपिलवस्तुले ८ जनाको हत्या आरोपित बादशाहलाई अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो । उनीमाथि आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र डाँका मुद्दा चलाइएको थियो । मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण बादशाहलाई छाडिएको गुनासो गरे । उनले यसले आफूहरुलाई थप पीडा भएको बताए ।</p><p>माओवादी जनयुद्धका क्रममा तत्कालीन सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेला माओवादी कार्यकर्ताको हत्या गरेको आरोप लागेको थियो । यस अघि नै उनलाई छुटाउने चलखेल भएको पीडित परिवारको अरोप छ ।</p>
हत्या तथा डाँकासम्बन्धी मुद्दामा ‘बादशाह’ले पाए अदालतबाट सफाई
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

