Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

परासी र सुनवल औद्योगिक क्षेत्रमा बिजुलीको समस्या नहुने

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

माघ ३, काठमाडौँ | नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्योर्हाेदै आएको विद्युत् आपूर्तिको समस्या अब भने समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या समाधान भई उद्योगलाई मागअनुसार विद्युत् दिन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनुपर्ने बाध्यात्मक अवस्था थियो, अब यस्तो अवस्थाको अन्त्य भई उद्योगलाई मागअनुसार पर्याप्त विद्युत् दिन सकिन्छ,”,कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

सुनवल क्षेत्रमा सञ्चालित उद्योगलाई विद्युत आपूर्तिका लागि १३२÷३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ, सबस्ेटसनको निर्माण आगामी चैत÷वैशाखभित्रमा सकिने छ ।  त्यसपछि त्यहाँबाट थप ९० मेगावाट  विद्युत् उद्योगलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुने छ ।

केही महिनाअघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिनुभएको थियो ।

कूल १९ किलोमिटर सिङ्गल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताउनुभयो । सुनवल क्षेत्रमा लक्ष्मी स्टिल्स्, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योग सञ्चालित छन् । ती उद्योगले आफ्नो क्षमता वृद्धिका लागि थप विद्युत् माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योग खुल्ने क्रममा रहेका छन् ।

प्राधिकरणले गण्डकमा रहेको १३२/३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको हो । “अब गण्डक परासीमा रहेको पुरानो र अहिले निर्माण गरिएको दुई वटासहित ३३ केभीका तीनवटा सर्किटबाट विद्युत् आपूर्ति दिन सकिने छ, विद्युत् अभावमा परासी क्षेत्रका उद्योग अब आलोपालोमा चल्नुपर्दैन”, निर्देशक ओझाले भन्नुभयो । बर्दघाटबाट १३२ केभी प्रसारण लाइनका साथै आवश्यक परेमा भारतबाट समेत गरी गण्डक सबस्टेसनमा विद्युत् आपूर्ति हुन्छ । प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्नसक्ने सम्भावित ठाउँको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने छ ।