जुम्लाको गुठीचौरमा राजश्व सङ्कलन

साझासवाल
1 Min Read

<p>माघ ३, खलङ्गा | जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख&nbsp; राजस्व सङ्कलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो ।<br></p><p>गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको छ । जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ ।&nbsp;</p><p>वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व सङ्कलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा&nbsp; गाउँपालिकाले विभिन्न शीर्षकबाट&nbsp; २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply