माघ ४, बलेवा | कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, बलेवा | कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।<"/>
2026-09-12 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

माघ ४, बलेवा | कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।

उनीहरुले सार्वजनिकस्थानमा ब्यानर टाँगेका छन् भने सार्वजनिक यातायातमा यात्री र चालकलाई सचेतनामूलक सन्देश दिने, मास्क वितरण र कोरोनाबाट बच्न अपनाउनुपर्ने दूरीको बारेमा सिकाएका छन् । उनीहरुले यात्रीलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । “हामीले जानेको सेवा प्रवाह र सन्देश दिन खोजेका हौं”, टिम लिडर अभिनाश अधिकारीले भन्नुभयो,“स्वास्थ्य कार्यालयको अनुमति र मापदण्डअनुसार मात्रै काम गरेका हौं ।” उनीहरुले चोकमा अनावश्यक बसेकालाई सुरक्षित रहन आग्रह गरेका थिए ।

व्यक्तिगत खर्चमा आएका उनीहरुलाई कार्यक्रम गर्ने स्थानको बारेमा स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले सघाउनुभयो । बसपार्क, जिपपार्क, विद्यालय, जिम हल तथा कफी सपमा भीड हुनसक्ने भन्दै ती स्थानमा पनि पुगेर सचेतना बढाउने र मास्क लगाउन प्रेरित गराउन लगाएको घिमिरेले जानकारी दिनुभयो । 

“पब्लिक हेल्थका धेरै विषय जानकारी गराउन हिँडेका हौँ, संयोगले कोरोनाको महामारी आएकोले विषय केन्द्रीत भएका हौं”, अधिकारीले भन्नुभयोे, “अन्य समस्याका बारेमा पनि जनतालाई सचेतना गराउनेछौं ।” केही दिन बागलुङमा सचेतना अभियान चलाएपछि अन्य क्षेत्रमा पनि पुग्ने उहाँले बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले पनि सचेतनाका अभियान चलाएको छ । चोक–चोकमा बसेर लाइसेन्स परीक्षण गर्ने ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले मास्कसमेत वितरण गर्नुभएको छ । उहाँले मास्क नलगाई हिँडेकालाई सम्झाउने काम गर्नुभएको छ । 

तीन दिनदेखि उहाँले चोक–चोकमा यो अभियान सुरु गर्नुभएको हो । “कतिले भुलेका होलान, कतिले लापरबाही गरेका होलान, सम्झाएर अनिवार्य मास्क लगाउन भनेको छु”, उहाँले भन्नुभयो, “नभएकालाई वितरण गरेका छौं ।”

गृहमन्त्रालयले पनि केही मास्क जिल्ला तहमा पठाएकोले जिल्ला प्रहरीको समेत प्रतिनिधित्व गरेर ट्राफिक प्रहरीमार्फत मास्क वितरण भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो ।

त्यस बाहेक सामुदायिक सेवा प्रहरी समेतको सहभागितामा कालीका मन्दिर परिसर, बसपार्क जस्ता स्थानमा पनि सचेतनाका क्रियाकलाप सञ्चालन हुन थालेका छन् । भीड नगर्ने, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने, निस्कनु पर्दा अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने जस्ता सन्देश प्रहरी र स्वंसेवकमार्फत प्रवाह गरिएको सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यले बताउनुभयो । 

जिल्ला प्रशासन र प्रहरीले मालढुङ्गामा पनि केही सचेतना अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो । “विशेषगरी भारत र अन्य देशबाट आएका नागरिक छन् भने सोझै उनीहरुको वडा अध्यक्षमार्फत सम्पर्क गराएर केही दिन होम क्वारेन्टिन बस्न लगाएका छौं”, ढकालले भन्नुभयो, “हेल्प डेक्स र होल्डिङ सेन्टर बनाउने विषयमा पनि छलफल भएको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन