माघ ५, कर्णाली | तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनुभएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, कर्णाली | तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनुभएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको "/>
2026-08-29 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

एकल महिलाद्वारा जग्गादान

माघ ५, कर्णाली | तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनुभएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको छ । अहिले उहाँ साहराविहीन अवस्थामा हुनुहुन्छ । 

रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे । अस्पतालको सुविधा नभएकै कारण २०५३÷५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते । उनीहरुको मृत्युले पारेको पीडा नसकिँदै २०५८ सालमा १८ वर्षको छोरा छक्क रोकायको पनि मृत्यु भयो । 

नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र विद्रोहका क्रममा भूमिगत समयमा बम विस्फोट भएर छक्कको मृत्यु भएको थियो । छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायको मृत्यु भयो । एकमाथि अर्को पीडा सहेर एकल जीवन जिइरहेकी रोकायले भने आफ्नो पीडाभन्दा ज्यादा समाजले भोग्नुपरेको समस्याबारे पनि चिन्ता गर्नुभयो । “सानो छँदै छोराछोरी मरे । ती मरेका लालाबालाबाट लागेको पीडाको घाउ नमेटिँदै ठूलो छोरा बित्यो,” गहभरिको पीडा ओकल्दै उहाँले भन्नुभयो, “पछि आएर आफ्नो जीवनसँगीले नै छोडेर गएपछि १३ वर्षदेखि एक्लो जीवन छ । एक्लो भएर होला, समाजले पनि निकै अपमान खेपिरहेकी छु । आखिर चित्त बुझाएर बस्दा पनि समाजले सुख दिएन ।” 

अपमान सहेर एक्लै बस्दा कोही छिमेकीको सहयोग पाउन नसकेको बरु आफूमाथि कुटपिट भएको उहाँले उहाँले पीडा पोख्नुभयो । “पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलाए”, उहाँले भन्नुभयो, “अनि सोचे कि पछि जन्मने पनि त मेरा छोराछोरी जस्तै हुन् । उनीहरुको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनुपर्छ ।”

श्रीमान् नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई जग्गादान गरेको उहाँले बताउनुभयो । जग्गादान गरेको चार वर्षपछि मात्र आधिकारिक रुपमा गाउँ सरकारका नाममा गएपछि रोकायलाई अलि चित्त बुझेको छैन । उहाँले भन्नुभयो, “जग्गा चार वर्षअघि दिए, पास अहिले भयो । अहिलेसम्म त अस्पताल निर्माण भइसक्थ्यो नि ?”

गरिब, दुःखीहरुको मुक्तिका लागि युद्ध लडेको छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेषगरी उसकै योगदानको स्मरणमा सुरुमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेको उहाँले जनाउनुभयो । तर पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर सोही वडाको रु ३८ लाख ८२ हजार ६०० बराबरको जग्गादान गाउँ सरकारलाई गरिएको उहाँले बताउनुभयो । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले एकल महिला रोकायले दिलैदेखि गाउँ सरकारलाई जग्गा दान गरेको बताउनुभयो । “आफँै साहराविहीन र पीडामा परेको महिलाले अरूको पीडा बुझ्ने कुरा चानचुने होइन,” अध्यक्ष न्यौपानेले भन्नुभयो, “गाउँपालिकाले उहाँको योगदानलाई उचित कदर गर्नेछ ।” 

उक्त गाउँपालिकाका स्वास्थ्य सयोजक गुरुप्रसाद न्यौपानेले रोकायले दुई कित्ता गरेर तीन हजार ८८२.५ वर्गमिटर जग्गा गाउँपालिकाका अस्पतालका नाममा पास गरेको बताउनुभयो । संयोजक चौलागाईंले उक्त जग्गामाथि अब गाउँ सरकारको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने बताउँदै रोकाय दम्पती र छोरा छक्कसहितको इतिहास रहिरहने गरी योगदानको कदर गरिने जनाउनुभयो । 

उहाँका अनुसार आफ्नो परिवारका सन्तान कोही नहुँदा वरिपरिकाले जग्गामाथि अहिले पनि आँखा गाडिरहेका छन् तर उहाँको संरक्षण गर्ने मान्छे कोही छैनन् । अहिले रोकाया तातोपानी गाउँपालिका–५ निवासी लक्ष्मण पाण्डेसँग आश्रय लिएर बस्नुभएको छ । रोकायले भन्नुभयो, “मेरै ठाउँमा बनाइदिएको भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आवश्यक जग्गा दिने योजना थियो । तर त्यो मेरो धोको पूरा भएन । त्यो नभए पनि भोलिका दिनमा मेरा छोराछोरी जस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेकी छु ।” 

‘म छँदै अस्पताल बनेको हेर्ने धोको छ’ एकल महिला विष्णुदेवी रोकाय ज्वरो र कपाल दुख्ने रोगबाट गत साउनमा निकै थलिनुभयो । उहाँलाई त्यतिबेला बाँचुला भन्ने आशा हराएको थियो । सौभाग्यवशः उहाँ बाँच्न सफल हुनुभयो । अहिले भने आँखा देख्न नसक्ने रोगले उहाँ ग्रसित हुनुहुन्छ । आँखा देख्न छोडेपछि यतिबेला रोकाय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आँखाको शल्यक्रिया गर्न आउनुभएको छ । साहाराविहीन उहाँलाई तातोपानी–६ हाँकु जुम्लाका स्थानीयवासी लक्ष्मण पाण्डेले नै उपचारमा सघाउनुभएको छ ।

सुर्खेत पुगेकी रोकायले रासससँग कुरा गर्दै भन्नुभयो, “अस्पताल निर्माण गर्न भनेर चार वर्षअघि जग्गा दिएँ तर त्यसको उपभोग गरिएन । एक महिनाअघि मात्र पास गर्ने काम भयो । मैले दिएको जग्गामाथि अस्पताल बनेको हेर्ने मेरो निकै ठूलो धोको छ । जतिसक्दो गाउँ सरकारले छिट्टै अस्पताल निर्माण गरिदेओस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो