पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ९, विर्तामोड । पछिल्लो समय युवा पुस्ता माँझ लोकप्रिय पूर्वेली म्यूजिक भिडियो निर्देशक योदिन एमएल सम्बाहाम्फेलाई पितृ शोक परेको छ ।

उनको बुबा निर्धोज सम्बाहाम्फेको बुधबार अपरान्ह शान्तिनगर–१, बर्नेस्थित निजी निवासमा ७७ वर्षको उमेरमा निधन भएको हो । उनका बुबा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए ।

निर्धोजका तीन छोरा र दुई छोरी थिए ।

निर्देशक योदिन माइला छोरा हुन् । उनको बुधबार दिउँसो लिम्बू परम्परा अन्तरगत अन्तिम संस्कार हुँदैछ ।