Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा जन्ती बस दुर्घटना हुँदा २९ जना घाइते

By kit 2 मिनेट पढाइ

भदौ ९, भक्तपुर । भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जन्ती लिएर जाँदै गरेको बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज बिहान ११:४५ बजे नगरकोट–५ स्थित सुडालमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

घाइते हुनेहरुमध्ये ११ जनाको मध्यपुर अस्पताल थिमिमा र १८ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको सङ्ख्या थप हुन सक्ने उनले जानकारी दिए । रासस