रबिन्द्र यादव/ भदौ ९ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ ९ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती"/>
२०८३, २० जेष्ठ बुधबार
नवलपुर - NWL

नवलपरासीको दक्षिणी भेगमा सम्झौता बिपरीत बिद्युत कटौतीले स्थानीय सास्तीमा

२०७३, ९ भाद्र बिहीबार ०७:५७

रबिन्द्र यादव/ भदौ ९ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रको गुठी सुर्यपुरामा रहेको एक मात्र गण्डक जलविद्युत केन्द्रले सम्झौता विपरीत साझको बेला पटकपटक बिद्धुत कटौती गर्दा १२ गाउ विकास समितिका बासिन्दा गृहणी बिद्यार्थी उद्योगी व्यापारीहरुले समस्या खेप्नु परेको छ । गण्डक जलविद्युत केन्द्र संग वरिपरिको १२ किलोमिटर सम्म लाइन कटौती न गर्ने सम्झौता भएको तापनि केन्द्रले पटकपटक लाइन काटिरहेको तराई मधेस बिद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव युवराज मौर्याले बताउनु भएको छ । 



साझको बेला बिद्धुत कटौतीले बिद्यार्थीहरुको पढाइमा प्रत्यक्ष असर पारेको भन्दै मौर्याले तराई मधेस बिद्यार्थी फ्रन्टले आन्दोलन गर्नुको विकल्प नरहेको चेतावनी दिनु भएको छ । उता गण्डक जलविद्युत केन्द्र का सहायक इन्जिनियर ओमप्रकाश चौधरीले साझको बेला ओभर लोडले आफै ट्रिपिङ्ग भइरहेको साझासबाल लाई बताउनु भएको छ । 


वि.सं १९०३ मा निर्माण उद्घाटन भई बनेको गण्डक जलविद्युत केन्द्रको पुरानै सामग्री बिग्रेपछि त्यही पुनः मर्मत गरि प्रयोग गर्दै आइ रहेको हुनाले बिद्धुत कटौती समस्या झन थपदै गइरहेको जानकारी दिनु भयो सम्बन्धित निकायलाई पटकपटक सुचित गर्दा पनि ध्यान  नदिरहेको गुनासो समेत गर्नु भएको छ । 



अहिले गण्डक जलविद्युत केन्द्र सुरजपुराको ५ एम.भि.ए मात्र रहेकोमा हाल ट्रिपिङ्ग कटौती रोक्नलाई १६.५ एम.भि.ए को ट्रान्सर्फमर निर्माण कार्य भइरहेको केन्द्रका सुपरवाईजर अमित चौधरीले बताउनु भएको छ जुन २०७४ जेष्ठ मसान्तसम्म संचालनमा ल्याइने लक्ष्य राखिएको छ । नया बन्न लागेको प्रजेण्ट १३२ kv/३३ kv को ३०mva ट्रान्सर्फमर ३३/११kv १६.५mva को ट्रान्सर्फमर रहने छ । उता पावर हाउस प्रशासनले अनावश्यक बत्ती बाल्नु, बिद्धुत चोरी हुकिंग गर्नु, जनचेतनाको कमी, लगायतका समस्याको कारणले विभिन्न गाउँमा लगाइएको ट्रान्सर्फमर बिग्रेने र बिद्धुत कटौती बढने बताउदै यसलाई रोकथाम गर्न प्रयाप्त कर्मचारी न रहेको जनाएको छ । साथै प्रशासनले बिद्धुत महसुल बक्यौता ग्राहकले अविलम्ब न बुझाए लाइन काटिने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै