2026-09-18 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको रातमाटे गाबिसमा किसानलाई पत्तै नदिई जग्गा विक्री

भदौ ३०, विदुर।
नुवाकोटको रातमाटे गाँउ विकास समितका किसानहरुले वर्षौदेखि जोत्दै आएको बिर्ता जग्गा उपभोग गर्दै आएका
किसानहरुको जग्गा जग्गाधनीले मोहियानी हकको वेवस्था गर्दै विक्रि गरेको भन्दै किसानहरुले कार्यान्वयन
नगराउन जिल्ला मालपोत कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

विर्तार गुठी जग्गा उपभोग गर्दै आएका
किसानहरुले मोहियानी हकको आधारमा आफ्नो नाममा जग्गा उपलब्ध गराउन सङ्घर्ष गर्दै आइरहेको समयमा मालपोत
कार्यालयकोसमेत मिलेमतोमा जग्गा विक्री गरेको भन्दै धनीबाट अन्यत्र हस्तान्तरण भएकोजग्गा कार्यान्वयन
नगर्न आग्रह गरेका छन् ।

रातमाटे गाविसका तीन जना किसानले पछिल्लो पाचौ पुस्ता अर्थात बर्षौदेखि
उपभोग गर्दै आएको जग्गाको मोहियानी हक समेत पाइसकेकोभएपनि अज्ञात रहदै आएका जग्गाधनीले जग्गा विक्री
गरेको जानकारी पाएपछि प्रमुख मालपोत अधिकृतलाई भेट गरी किसानलाई सुकुम्वासी बनाउनबाट रोक्न आग्रह गरेका
छन् ।

रातमाटे गाविसको वडा नम्बर एक र तीन पीडित किसान सहित त्यस क्षेत्रमा विर्ता जग्गा उपभोग
गर्दै आएका एक सय भन्दा बढी किसानहरुले प्रमुख मालपोत अधिकृत पृथबहादुर केसीलाई भेट गरी आफूहरुलाई
झुक्याएर विक्री भएको जग्गाको रोक्का गरिदिन आग्रह गरेका छन् ।

रातमाटे गाविसको वाडा नम्बर एकका
जीतबहादुर राईको ५ रोपनी, वडा नम्बर तीनका पुरुषोत्तम तामाङको १२ रोपनी र बलराम लामाको तीन रोपनी जग्गा
सरकारी दररेट भन्दा निकै सस्तो मूल्यमा मोहियानी उपभोगको हक समेत वेवास्था गरेकाले मालपोतले पास गरेको
जग्गा रोक्क गरिदिन आग्रह गरेका छन् ।

बर्षौ देखि उपभोग गर्दैआएका किसानहरुकोझण्डै २२ रोपनी
जग्गा गएको साउन २१ गते जग्गा धनी काठमाडौका चित्रबहादुर खत्रीले नुवाकोट विदुर नगरपालिका ९ का प्रकाश
अधिकारीलाई विक्रि गरेको जग्गाको स्वामित्व हस्तान्तरण रोक गर्न किसानहरुलेआग्रह गरेका छन् । किसानहरुको
गुनासोलाई प्रमुख मालपोत अधिकृत पृथबहादुर केसीले कानुनी आधारमा किसानकोअधिकार कमजोर भएकाले रोक्का गर्न
आदालत नै जानुपर्ने सुझाव दिनुभएकोछ । उहाँलेबिर्ता जग्गाको किनबेच रोक्न नपाईनेर स्वामित्व हस्तान्तरण
गर्दा उपभोग गर्दै आएका व्यक्तिकोरोहबर नचाहिनेहुदाँ विक्र भएकोजग्गा रोक्न मालपोतले नमिल्ने भएकाले
अदालतबाट न्याय खोज्न सुझाव दिनुभएकोछ । बिर्ता र गुठी जग्गा उपभोग गर्दै आएका किसानहरुले स्वामित्वको
केही प्रतिशत आफ्नो पनि हुनुपर्ने भन्दैसङ्घर्ष गर्दै आइरहेकोसमयमा किसानको विपक्षमा भएको कानुनी
प्रक्रियाले राज्य किसानको विपक्षमा रहेको भूमि अधिकार मञ्च नुवाकोट अध्यक्ष चुडामणीप्रसाद गजुरेलले
बताउनुभएकोछ ।
नुवाकोट सहित विभिन्न जिल्लामा बिर्ता र गुठी जग्गा उपभोग गर्दै आएका किसानहरुले
उपभोगको आधारमा आफ्नो पनि केही हिस्सा हुनुपर्ने माग राख्दै विभिन्न समयमा आन्दोलन चर्काउदै आएपनि
उनीहरुकोसमस्या समाधान गर्नराज्यलेवेवास्था गर्दै आएकोछ । बिर्ता र गुठी जग्गा रैकर बनाउनु पर्ने
लगायतकोमाग राख्दैआन्दोलित हुदैआएका किसानकोमाग सम्बोधन गर्न गठन भएकोसुकुम्वासी समस्या समाधान आयोग पनि
बैधानिनक विवादमा तानिएपछि किसानहरु थप पीडित बन्न बाध्य भएका छन । घटनको रसुवा र नुवाकोटका जिल्ला
भुमिअधिकार मञ्चले बिरोध जनाउँदै मुलुकले संबिधान निर्माणगरी यस्ता समस्याको समाधान खोज्ने समयमा पनि
किसानहरु माथि थिचोमिचो गर्ने यस्ता कार्य तत्काल रोक्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया