नुवाकोटको विदुरमा करेन्ट लागेर सेनाका एक जवानको मृत्यु

साझासवाल
1 Min Read

असोज २२, नुवाकोट / नुवाकोटको विदुरमा व्यारेक भित्रै करेन्ट लागेर एकजना
सैनिकको मृत्यु भएको छ ।

विदुर नगरपालिका सिचाइँमा रहेको फस्ट
राइफल गणमा कार्यरत सिपाही २९ वर्षीय विक्रम थापाको बिहीबार राति गणभित्रै करेन्ट लागेर मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

त्रिभुवन
नगरनगरपालिका–३ दाङ घर भएका सिपाही थापा गणभित्रै विजुलीको वायरिङ गर्ने क्रममा करेण्ट लागेर गम्भीर
घाइते भएका थिए ।

उनको उपचारको क्रममा नुवाकोट जिल्ला अस्पताल
त्रिशूलीमा मृत्यु भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए ।

Share This Article
Leave a Comment

Leave a Reply