2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

माघ १२, गलकोट | बागलुङ नगरपालिका–८  सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । 

सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताउनुभयो । “सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो रु ६० देखि रु ६५ सम्म पर्छ, पोखरा लगेपछि रु १२० सम्ममा बिक्री गरेको छु”, खड्काले भन्नुभयो, “यसपटक गत वर्षभन्दा रु एक लाख बढी आम्दानी गर्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा किराले झारेका कारण केही समस्या भयो ।” खड्काले बगैँचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुने अनुभव सुनाउनुभयो । 

यस्तै सिगानाकै अर्का किसान रामबहादुर खड्काले यस वर्ष बोटबाटै रु दुई लाखको सुन्तला बिक्री गर्नुभएको छ । उहाँले गत वर्षको तुलनामा औसा किराको प्रभावले केही कम उत्पादन भएको जानकारी दिनुभयो । “गत वर्ष रु साढे दुई लाख हात परेको थियो, नयाँ उत्पादन दिने बिरुवासहित यस वर्ष रु तीन लाख हात पार्ने लक्ष्य हो, तर औसा किरा र वर्षात्को समयमा फूल झर्दा रु दुई लाखको मात्रै सुन्तला उत्पादन भएको छ”, खड्काले भन्नुभयो ।

खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले यस वर्ष झण्डै रु साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा प्रतिवर्ष सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै आएको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । 

“सिगानामा पछिल्लो पाँच वर्षमा झण्डै ३० हजार सुन्तलाका बिरुवा थप भएका छन्”, वडाध्यक्ष जिसीले भन्नुभयो, “बागलुङ नगरपालिकाले उब्जानी अनुदानवापत यो आर्थिक वर्षमा सिगानाका किसनाले रु ६ लाख अनुदानसमेत पाएका छन्, नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सिगानामा वार्षिक रु पाँच करोडको सुन्तला निर्यात गर्ने हाम्रो लक्ष्य हो, यस वर्ष रु साढे दुई करोड रकम सुन्तला बिक्री गरेर सिगानाका किसानले भित्र्याएका छन् ।” खेतीपाती मासेर सुन्तला लगाउँदा किसानले सुन्तला फलाउन कम्तीमा पाँच वर्ष लाग्ने भएकाले नगरपालिकाले सुन्तलाको रोपनीका आधारमा उब्जनी अनुदान दिँदै आएको छ ।

यस वर्ष रु तीन करोडको सुन्तला बिक्री गर्ने किसानको लक्ष्य रहे पनि अत्यधिक वर्षा र औसा किराको समस्याले रु ५० लाखको उत्पादन घटेको छ । सिगानाका सयभन्दा बढी किसनाको बगैँचामा बढीमा २०० देखि घटीमा १० बोटसम्म उत्पादन दिने सुन्तलाका बोट छन् । उनीहरुले सुन्तला खेतीतर्फ आकर्षण बढेपछि खेत तथा कोदो बारी मासेर धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन् । 

यस वर्ष बागलुङ नगरपालिकाले दुर्ई हजार सुन्तलाका बिरुवा र दुई हजार कागतीका बिरुवा अनुदानमा वितरणसमेत गरेको थियो । सिगाना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा समेत समावेश भएको छ । सिगानामा कोरोनाअघि वार्षिकरूपमा सुन्तलाको प्रवद्र्धन र विकासका लागि सुन्तला उत्सवसमेत आयोजना हुँदै आएको थियो । कोरोनाका कारण दुई वर्षदेखि सुन्तला उत्सव हुनसकेको छैन । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यसको माग उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक