Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२१ बर्ष अघि अपराध, मृत्यु भइसकेपछि जन्मकैदको फैसला

By साझासवाल 3 मिनेट पढाइ

माघ १५, दैलेख | जिल्ला अदालत दैलेखले मृत्यु भईसकेका व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिकको हत्या गरेको अभियोगमा बिष्टलाई २० वर्ष जन्मकैद फैसला सुनाइएको हो ।

अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको अदालतले जनाएको छ । अदालतले जीवित छँदा गरेको अपराधमा सजाय गर्नु परे पनि अपराधीको मृत्युसँगै अपराध मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या समेत गरिएको छ ।

सजाय सुनाइएका विष्टले २१ वर्षअघि (२६ फागुन ०५७ मा) बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा ३ पुस ०७७ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनसन्धान चलिरहेकै अवस्थामा विष्टको ७५ वर्षको उमेरमा गत २८ जेठ ०७८ मा मृत्यु भएको थियो ।' अभियोग परेको भोलिपल्टदेखि नै फरार भएका विष्ट सिकिस्त बिरामी अवस्थामा असोज ०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए ।