2026-09-12 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सडक बनाउँदा भत्किँदै सिँचाइ र खानेपानीका योजना

माघ १६, बलेवा | जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पुर्याउन चालू आर्थिक वर्षमा रु चार लाख विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ तर यो सडकले पुरिने सिँचाइ कुलोबारे भने कसैले सोचेको छैन् । 

सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पुर्याएको सिँचाइ कुलो भत्किन्छ । दुई सय वर्ष पुरानो यो कुलो केही वर्षअघि रु १५ लाख बढी खर्चेर पक्की बनाइएको थियो । रु चार लाख खर्चेर सडक बनाउँदा रु १५ लाखमा बनेको संरचना भत्किने विषयमा कसैको चासो छैन् । 

‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिँचाइ पहिलेदेखि नै रहेकाले धानको उत्पादन पर्याप्त हुन्छ” जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल भन्नुहुन्छ– “एउटा संरचना बनाउँदा अर्को बनेको संरचना बिग्रिने घटना धेरै छन् ।” पौडेल चौरगाउँका स्थानीयवासीसमेत हुनुहुन्छ । 

यो समस्या जिल्लाका अधिकांश विकासे काममा देखिन्छ । सबैभन्दा बढी सडक बनाउँदा सिँचाइ र खानेपानीका संरचनामा क्षति हुने गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरको गिठेदेखि पात्लेखेत जाने सडक बनाउँदा बिग्रिएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका चार खानेपानी आयोजना डेढवर्ष हुँदासमेत पुनःनिर्माण हुनसकेका छैनन् । करोडौँ रुपैयाँ खर्चेर बनाइएका खानेपानीका योजना रु ७५ लाखमा निर्माण भएको कच्ची सडकले तहसनहस बनाएको हो ।

जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि कालीगण्डकी करिडोर पुग्ने सडकको स्तरोन्नति गर्दा कुश्मीशेरा बजारको खानेपानीमा क्षति पुगेको छ । सैनिक टोल र नगरपालिकाको कार्यालयसमेत रहेको क्षेत्रमा विस्तार गरिएको पानी सडक बनाउँदा क्षति पुगेपछि खानेपानीको अभाव छ । “एउटा काम गर्दा अर्को काम बिगार्ने परिपाटी अन्त्य हुनुपर्छ, सडक बनाउँदा अरु बिग्रिने केही छ छैन भनेर हेर्नुपर्छ”, कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका सैनिक टोलका पदमबहादुर श्रीषले भन्नुभयो, “बाटोले खानेपानीको योजना विगार्छ, दुःख हामीलाई हुन्छ ।” 

कुश्मीशेरा बजारदेखि कान्लेहुँदै दमेक पुग्ने सडक प्रदेश सरकारले स्तरोन्नति गरेको हो । त्यहाँ पनि खानेपानीको योजना भत्किएपछि उपभोक्ता समितिका अध्यक्षनै खानेपानीको पाइप माग्न नगरपालिकामा पुग्नुभयो । “योजनाबाटै मर्मत गर्न स्रोत छैन्, स्टिमेटभन्दा बाहिर काम गर्न मिल्दैन”, उपभोक्ता समितिका अध्यक्ष छायाँदत्त चापागाईं भन्नुहुन्छ,“पाइप मागेर मर्मत गर्न उपभोक्ता नै कस्सिए, नभए पानी खान पाईंदैन् ।”

पहिल्यै बनाइएका संरचना नयाँ बनाउँदा क्षति पुगे पछिल्लो योजनाबाट मर्मत गर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत हुने अधिकांश काममा क्षति पुग्ने संरचनाको स्टिमेट नहुने र स्टिमेट अनुसारका काम मात्रै गर्दा मर्मतका लागि खर्चको अभाव हुने गरेको गुनासो मात्र सुन्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग