रोशन पोखरेल/भदौ १०, विराटनगर । विराटनगरमामा उत्पन्न घरजग्गा करको विवाद समाधान गर्न उपमहानगरको पहलमा परिमार्जन सुझाव समिति गठन भएको छ । 

समितिको संयोजकामा अर्थशास्त्री डा. भेषप्रसाद धमला चयन हुनुभएको छ । सात दिनभित्र सुझाव र परामर्श "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/भदौ १०, विराटनगर । विराटनगरमामा उत्पन्न घरजग्गा करको विवाद समाधान गर्न उपमहानगरको पहलमा परिमार्जन सुझाव समिति गठन भएको छ । 

समितिको संयोजकामा अर्थशास्त्री डा. भेषप्रसाद धमला चयन हुनुभएको छ । सात दिनभित्र सुझाव र परामर्श "/>

2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

घरजग्गा करको विवाद समाधान गर्न सुझाव समिति गठन

रोशन पोखरेल/भदौ १०, विराटनगर । विराटनगरमामा उत्पन्न घरजग्गा करको विवाद समाधान गर्न उपमहानगरको पहलमा परिमार्जन सुझाव समिति गठन भएको छ । 

समितिको संयोजकामा अर्थशास्त्री डा. भेषप्रसाद धमला चयन हुनुभएको छ । सात दिनभित्र सुझाव र परामर्श दिने गरी गठन भएको समितिमा दश राजनीतिक दलका प्रतिनिधि, टोल संगठनका प्रतिनिधि, कानुन व्यवसायी पनि रहेका छन् ।

 पन्ध्र सदस्यीय समितिले अहिले सर्वसाधारणलाई समस्या हुने गरी बढेको करबाट उत्पन्न समस्या तथा सरकारले तोकेको करको थ्रेसहोल्डको विषयमा पनि राय सल्लाह लिएर सरकारलाई समेत सात दिनभित्र सुझाव दिने उपमहानगरका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताउनुभयो ।   

नेपाली काँग्रेस विराटनगरका सभापति भीम पराजुलीले सात दिनसम्म कर नतिर्न नगरवासीलाई आह्वान गरिएको बताउँदे भन्नुभयो, ‘तत्काललाई आन्दोलन स्थगन गरिएको हो । फिर्ता भएको होइन ।’ 

एमाले नगर इञ्चार्ज सागर थापा र माओवादी केन्द्र अध्यक्ष नमिता न्यौपानेले आफूहरु सर्वसाधारणकै पक्षमा रहेको बताउँदै यो कदमले समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई