2026-10-15 04:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

माघ २३, मकवानपुर | सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । 

कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताउनुभयो । प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो । सञ्चालक शाहीले विश्व कीर्तिमानी  प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने जानकारी दिँदै प्रतिव्यक्ति रु तीन हजार ५०० शुल्क निर्धारण गरिएको उल्लेख गर्नुभयो ।

समूहमा उडान भर्नेलाई विभिन्न अफर राखिएको छ । पाँच जनाको समूहलाई रु तीन हजार २००, १० जनाको समूहलाई रु दुई हजार ८०० र १० भन्दा बढी आउनेलाई रु दुई हजार ५०० शुल्कमा प्याराग्लाइडिङ उडान भर्न पाउनेछन् । उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेले भने थप रु एक हजार तिर्नुपर्नेछ । प्याराग्लाइडिङमा एकपटकमा २० मिनेटसम्म उड्न सकिनेछ ।

सुर्खेतमा यसअघि २०७० सालमा परीक्षण उडान भए पनि नियमित प्याराग्लाइडिङ सञ्चालन भने हुन सकेको थिएन । अब भने नियमित सेवा प्रदान गर्ने सञ्चालक कम्पनीले जनाएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२  चालक सुर्खेत भित्र्याएको छ । 

कर्णालीमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक शाहीको भनाइ छ । “हामीले सुर्खेतमा प्याराग्लाइडिङ उडानका लागि यसअघि पनि प्रयास गरेका थियौँ, दक्ष जनशक्ति अभावका कारण नियमित सञ्चालन गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङका लागि उपयुक्त छ, हावाको बेगमा कुनै समस्या आइपरे आपत्कालीन अवतरणको पनि व्यवस्था मिलाइएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने