2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आधुनिक बसपार्क चलाउन नगरले थाल्यो पहल

फागुन ३, बलेवा । निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो । 

सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो । बसपार्क सञ्चालन हुँदा प्रयोगविहीन हुने चिप्लेटी बसपार्कको उपयोग, बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र साना तथा ठूला सवारी साधनको पार्क व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल भएको छ । 

बसपार्कको सञ्चालन र नगरभित्र सवारी व्यवस्थापनका लागि नगरपालिकाले कार्यविधि तयार गर्ने भएको छ । कार्यविधि तयार गर्नुपूर्व आवश्यक राय दिनका लागि ‘नगरको समग्र यातायात व्यवस्थापन सुझाव कार्यदल’समेत बनाइएको छ । 

बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माको संयोजकत्वमा प्रशासनका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख, दुईजना जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, यातायात व्यवसायीका प्रतिनिधि, बसपार्कको जग्गा व्यवस्थापन समितिका प्रतिनिधिसहितको कार्यदल बनेको संयोजक मनोज शर्माले जानकारी दिनुभयो । 

कार्यदलले जतिसक्दो छिटो बसपार्क सञ्चालन र यातायात व्यवस्थापनका विषयमा छलफल गरेर नगरको विधायन समितिलाई सुझाव दिनेछ । सोही आधारमा बनेको कार्यविधि कार्यान्वयनमा आउने नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन छ । पहुँच मार्ग र जग्गाको व्यवस्थापनलाई समेत अघि बढाउन नगरले काम थालेको हो । कार्यविधि तयार भएमा ठूला सवारी आधुनिक बसपार्क र साना सवारी साधन चिप्लेटी बसपार्कमा व्यवस्थापन गर्ने नगरले जनाएको छ । 

रु सात करोड ६६ लाख ९९ हजारको लागतमा बसपार्क तयार भएको हो । बसपार्क क्षेत्रमा टर्मिनल, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ, ग्यारेज र फूलबारी निर्माण भएका छन् । नगर विकास कोषले रु नौ करोड चार लाख ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपूरक कोषबाट २५ लाख खर्च भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ