भदौ ११, धनगढी । धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको रैकवार बिचवा गाविसमा केही दिनदेखि जङ्गली हात्तीको उपद्रोले धानबालीमा ठूलो क्षति पु¥याएको छ । 

कञ्चनपुरको दक्षिणी क्षेत्र रैकवार विचवा र शङ्करपुर गाविसमा रातिको समयमा आउने जङ्गली हात्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, धनगढी । धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको रैकवार बिचवा गाविसमा केही दिनदेखि जङ्गली हात्तीको उपद्रोले धानबालीमा ठूलो क्षति पु¥याएको छ । 

कञ्चनपुरको दक्षिणी क्षेत्र रैकवार विचवा र शङ्करपुर गाविसमा रातिको समयमा आउने जङ्गली हात्त"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा जङ्गली हात्ती आतंक मच्चियो

भदौ ११, धनगढी । धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको रैकवार बिचवा गाविसमा केही दिनदेखि जङ्गली हात्तीको उपद्रोले धानबालीमा ठूलो क्षति पु¥याएको छ । 

कञ्चनपुरको दक्षिणी क्षेत्र रैकवार विचवा र शङ्करपुर गाविसमा रातिको समयमा आउने जङ्गली हात्तीले झन्डै दश बिगाहा क्षेत्रमा गरिएको धानबाली नष्ट गरेको स्थानीय शङ्करी रानाले बताउनुभयो । 

सीमावर्ती भारतको दूधवा राष्ट्रिय निकुञ्जबाट कञ्चनपुरको लालझाडी जङ्गल क्षेत्र हुँदै सो क्षेत्रमा पस्ने गरेका १४,१५ वटा हात्तीको झुन्डले मच्चाउने आतङ्कले स्थानीयवासी त्रसित बनेका छन् । 

हात्तीले रैकवार विचवाको वडा नं– ७, शङ्करपुरको वडा नं– १ र ६ मा पसाउन लागेको धानबालीमा बढी क्षति पु¥याएको छ । पसाउन लागेको धानबाली नष्ट गरेपछि दसैँको मुखमा के खाने भन्ने चिन्ता लागेको दुखेसो रानाले गर्नुभयो । 

रातभर गाउँ पस्न थालेपछि त्रासका कारण आफूहरु रातभर नसुतेरै जाग्राम बस्नुपरेको स्थानीयवासीको गुनासो छ । हात्ती आतङ्क रोक्न स्थानीयवासी प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि नियन्त्रणका लागि पहल नभएको स्थानीयवासीको गुनासो छ । 

हरेक वर्षको साउनदेखि असोजसम्म कैलाली, कञ्चनपुरका जिल्लामा जङ्गली हात्तीले उपद्रो मच्चाउने गरेको छ । हात्तीको आतङ्क रोक्न स्थानीयवासीलाई भेला गराएर युवादस्ता गठन गर्ने तयारी गरिएको मोहना लालझाडी सामुदायिक वनका अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई