2026-09-18 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

लाङटाङका बिस्थापित गाउँ फर्कन सुरु

असोज १२, (धुन्चे) रसुवा । विनाशकारी भूकम्प पछिको हिम पहिरोले गाउँ बढारिएपछि विस्थापित
रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ गाविसका नागरिकहरु अहिले फर्कन थलेका छन् ।

बिस्थापितहरु राजधानीको स्वयम्भु स्थित पहेलो गोम्बा तथा अन्यत्र बस्दै आएका थिए ।
पैदल मार्गमा समस्या आएकोले हेलिकोप्टरबाट स्थानीयवासीहरु फर्कन थालेका छन् । बासस्थान निर्माणका लागि
स्थानीय त्यहाँ धुन्चेबाट मजदुरहरु लागेका छन् । लाङटाङका बिस्थापितहरुलाई पुर्न स्थापना गर्न सहयोगको
खाँचो देखिएको घुम्ती नागरिक सहायता कक्षले जनाएको छ ।

बैशाख १२
को भुकम्प पछि आएको हिम पहिरोले त्यहाँका १ सय १६ घरधुरीका ४ सय ९६ जना बिस्थापित थिए । लाङटाङमा अझै
स्वदेशी तथा बिदेशी गरी ६ जना हराइरहेका छन् । पैदल मार्ग मर्मत गरी दशैसम्ममा फर्कन चाहनेहरुलाई लाङटाङ
फर्काउने ब्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले लाङटाङमा ४५ परिवार पुगेका छन् ।
अरु पनि फर्कने क्रम जारी छ स्थानीय सुप्पा तामाङले भने ‘ राजधानीको बसाईले न हावापानी मिल्छ न आफ्नो
मौलिक संस्कृतिनै मिल्छ , मुख्य पेशा नै पर्यटन ब्यावसाय भएकोले आफ्नो आर्थिक सुधार तथा ब्यवसाय गरी
जीवनयापनका लागी सुरक्षित स्थानमा फर्कने र यहाँको पर्यटकीय क्षेत्र ब्युझाउने प्रयत्नमा लागेका छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई