२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दुई महिनापछि पोखरा–जोमसोम उडान

१५ फाल्गुन २०७८, आईतवार ०९:२३

फागुन १५, म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र  कोरोना (भाइरस) सङ्क्रमणका कारण  यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो ।जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिनुभयो । “समिट एयरले शनिबार र आइतबार दुई/दुई वटा चार्टड फलाइट गरेको छ,” उहाँले भन्नुभयो, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–जोमसोम  हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँच वटा उडान भर्दै आएका छन् । 

हवाई उडान चालु भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । 

हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगी फर्कनका लागि टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ । 

अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । घाँसा प्रहरी चौकीका अनुसार दैनिक एक हजार ५०० पर्यटक सडक मार्ग भएर मुस्ताङ भित्रिएका छन् । चौकीका इञ्चार्ज मनबहादुर कार्कीले दैनिक तीन सयको हाराहारीमा मोटरसाइकल, स्कार्पियो जीप र बसमा पर्यटक मुस्ताङ भित्रिएका बताउनुभयो । मुक्तिनाथ मन्दिर, कागबेनीलगायत धार्मिक र पर्यटकीयस्थलमा चहलपहल बढेको छ । मुक्तिनाथ मन्दिरका कर्मचारी रवीन सुवेदीले गर्मी बढ्नाका साथै  कोरोना सङ्क्रमण दर पनि घटेपछि तीर्थयात्रीको आगमन हुन थालेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे