२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा निवारण भएन हात्तीपाइले रोग

२०७८, १६ फाल्गुन सोमबार ०७:१३

फागुन १६, गलकोट ।  नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधी सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन । 

लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले रोगका लागि नागरिक जिम्मेवार नबन्दा १३ वर्र्षमासमेत निवारण भएको छैन । यस रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ तर बागलुङमा आम औषधि सेवनमा नागरिक जिम्मेवारी नबन्दा समस्या भएको छ ।  

लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा पुन १३औँ पटक यही फागुन २८ गतेबाट आम औषधि सेवन अभियान सुरु गरिने भएको छ । १३औँ पटकको आम हात्तीपाइले अभियान सुरु गर्नुभन्दा पहिला नारायण स्थानमा आठ जना र कुश्मिसेरामा दुई जनामा हात्तीपाइलेको सङ्क्रमण देखिएका कारण पुन १३औँ पटकको आम औषधि अभियान  सुरु गर्न थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । 

“नेपालभर निवारणको चरणमा रहेको हात्तीपाइले बागलुङसहित जम्मा १० जिल्लामा मात्रै निवारण हुन बाँकी रहेको छ, सुरुको चरणमा स्वास्थ्य स्वयमंसेविकाको निगरानीमा खुवाइएको थियो, पछि निवारण नभएको भन्दै स्वास्थ्यकर्मीको निगरानीमा खुवाइयो” गुरौंले भन्नुभयो, “सबैको प्रयासलेनै बागलुङमा हात्तीपाइले निवारण गर्न सकिन्छ, नागरिकले औषधि नखाने समस्या छ, सहरिया र शिक्षित व्यक्तिबाटै बेवास्था भएको छ, अब एक पटक सबैले आमऔषधि सेवनमा भाग लिऔं, हात्तीपाइले निवारण गरौँ ।”

बागलुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्सिेरामा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लामा औषधि खुवाउनुपर्ने अवस्था रहिआएको छ । सङ्क्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकामा त्यो हुन नसकेकाले बागलुङमा १३औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !