२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महाशिवरात्रिमा महोत्तरीमा हेलिकोप्टरबाट पुष्प वृष्टि

१७ फाल्गुन २०७८, मंगलवार १०:३९

फागुन १७, महोत्तरी । अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा आज दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएकोे हो । 

अति प्राचीन जलभित्र विराजमान भगवान् शिवको यो स्थलबारे थप चासो बढाउन हेलिकोप्टरबाट पुष्प वृष्टि गराइएको जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रले बताउनुभयो । पुष्प वृष्टिका लागि काठमाडाँैबाट हेलिकप्टर भाडामा झिकाइएको थियो ।  मन्दिर परिसरमा आकासबाट विमानले दुई फन्का लगाएर पुष्प वृष्टि गराइएको जलेश्वर नगरवासीले बताए । यसका लागि स्थानीय मालीबाट दुई क्विन्टल सयपत्री पूmल सहयोगस्वरुप प्राप्त भएको थियो । हेलिकोप्टरको भाडालगायतका लागि करिब रु दुई लाख २५ हजार खर्च भएको छ । यो खर्च नगरपालिकाको कोषबाट नभइ श्रद्धालु शिवभक्तबाट दानस्वरुप जुटेको रकम भएको नगरप्रमुख मिश्रले स्पष्ट पार्नुभयो । 

पुष्प वृष्टि हुने सूचना फैलिएपछि टाढाटाढाबाट श्रद्धालु भक्तजनको जलेश्वरमा आज भीड लागेको थियो । पुराणमा पुष्प वृष्टिको कुरा सुनेपनि प्रत्यक्ष भने आजै देखिएको मन्दिर परिसर पुगेका श्रद्धालुले बताए । अति प्राचीन भएर पनि प्रचारले छायाँमा पर्दै आएको श्री जलेश्वरनाथबारे चासो बढाउन पुष्प वृष्टि कार्यक्रमले सहयोग पुग्ने उनीहरूको  विश्वास थियो ।

“श्री जलेश्वरनाथ पवित्र शिवधाम हो, तर यसको प्रचार राम्रो हुन नसकेर ओझेल पर्दै आएको छ” जलेश्वर–१ का बासिन्दा सुधीर साहले भन्नुभयो, “पुराणवर्णित विमानबाट पुष्प वृष्टिको आज सम्पन्न कार्यक्रमले यस ठाउँबारे चासो बढ्ने अपेक्षा छ ।” 

जलेश्वरनाथ अनादिकालमा भगवान् शिवले सपनामा दिनुभएको सङ्केतका आधारमा तीन सन्तले ठाउँ पत्ता लगाएका विश्वास गरिए पनि माटोमुनि गडेको शिवलिङ्ग निकाल्न नसकेपछि सन्तहरुकै आराधनाबाट प्रशन्न हुनुभएका शिव आफैं प्रकट भएको वर्णन पुराणमा छ । गहिरो जलाशयभित्र रहेको शिवलिङ्ग १८ वटा सिँढीमुनि छ । महाशिवरात्रि, साउने सोमबार र अन्य पर्व नेपाली सेनाले लिङ्ग छोपिएको जलाशयको पानी बाहिर निकालेपछि शिवलिङ्गको दर्शन गर्न  सर्वसाधारणलाई सहज हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान