२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महाशिवरात्रिमा महोत्तरीमा हेलिकोप्टरबाट पुष्प वृष्टि

२०७८, १७ फाल्गुन मंगलवार १०:३९

फागुन १७, महोत्तरी । अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा आज दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएकोे हो । 

अति प्राचीन जलभित्र विराजमान भगवान् शिवको यो स्थलबारे थप चासो बढाउन हेलिकोप्टरबाट पुष्प वृष्टि गराइएको जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रले बताउनुभयो । पुष्प वृष्टिका लागि काठमाडाँैबाट हेलिकप्टर भाडामा झिकाइएको थियो ।  मन्दिर परिसरमा आकासबाट विमानले दुई फन्का लगाएर पुष्प वृष्टि गराइएको जलेश्वर नगरवासीले बताए । यसका लागि स्थानीय मालीबाट दुई क्विन्टल सयपत्री पूmल सहयोगस्वरुप प्राप्त भएको थियो । हेलिकोप्टरको भाडालगायतका लागि करिब रु दुई लाख २५ हजार खर्च भएको छ । यो खर्च नगरपालिकाको कोषबाट नभइ श्रद्धालु शिवभक्तबाट दानस्वरुप जुटेको रकम भएको नगरप्रमुख मिश्रले स्पष्ट पार्नुभयो । 

पुष्प वृष्टि हुने सूचना फैलिएपछि टाढाटाढाबाट श्रद्धालु भक्तजनको जलेश्वरमा आज भीड लागेको थियो । पुराणमा पुष्प वृष्टिको कुरा सुनेपनि प्रत्यक्ष भने आजै देखिएको मन्दिर परिसर पुगेका श्रद्धालुले बताए । अति प्राचीन भएर पनि प्रचारले छायाँमा पर्दै आएको श्री जलेश्वरनाथबारे चासो बढाउन पुष्प वृष्टि कार्यक्रमले सहयोग पुग्ने उनीहरूको  विश्वास थियो ।

“श्री जलेश्वरनाथ पवित्र शिवधाम हो, तर यसको प्रचार राम्रो हुन नसकेर ओझेल पर्दै आएको छ” जलेश्वर–१ का बासिन्दा सुधीर साहले भन्नुभयो, “पुराणवर्णित विमानबाट पुष्प वृष्टिको आज सम्पन्न कार्यक्रमले यस ठाउँबारे चासो बढ्ने अपेक्षा छ ।” 

जलेश्वरनाथ अनादिकालमा भगवान् शिवले सपनामा दिनुभएको सङ्केतका आधारमा तीन सन्तले ठाउँ पत्ता लगाएका विश्वास गरिए पनि माटोमुनि गडेको शिवलिङ्ग निकाल्न नसकेपछि सन्तहरुकै आराधनाबाट प्रशन्न हुनुभएका शिव आफैं प्रकट भएको वर्णन पुराणमा छ । गहिरो जलाशयभित्र रहेको शिवलिङ्ग १८ वटा सिँढीमुनि छ । महाशिवरात्रि, साउने सोमबार र अन्य पर्व नेपाली सेनाले लिङ्ग छोपिएको जलाशयको पानी बाहिर निकालेपछि शिवलिङ्गको दर्शन गर्न  सर्वसाधारणलाई सहज हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !