८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवा र नुवाकोटमा कारितासको सहयोग

२० आश्विन २०७२, बुधबार १०:५९

असोज २०,
रसुवा ।
 कारितास नेपालले नुवाकोट र रसुवाका विभिन्न गाविसमा राहत वितरण कार्य सम्पन्न गरेको छ
। मानवीय सेवामा रहेको कारितास नेपालले नुवाकोट र रसुवाका गरि नौ हजार घरधुरीलाई राहतका विभिन्न सामग्री
वितरण गरेको जनाएको छ ।

कारितासको नुवाकोट कार्यालयवाट विगत
पाँच महिनामा आपतकालीन राहत स्वरुप रसुवाको लहरेपौवा, यार्सा र धैबुङ्ग गरी जम्मा २ हजार चारसय चार
घरधुरीलाई कम्मल र नुवाकोटको गेर्खु, दुइपीपल, जिलिङ्ग र बर्सुन्चेतका गरि चारहजार ५८ घरधुरीलाई
आपतकालीन राहतस्वरुप त्रिपाल, प्लाष्टिक सिट, ब्ल्याङ्केट, डोरी, प्लाष्टिकको गुन्द्रीलगायतका सामग्री
वितरण गरेको कार्यालय प्रमुख दलवहादुर शाहीले जानकारी दिनुभयो ।

संस्थाले गेर्खु, दुइपीपल र बर्सुन्चेतका ३ हजार ७ सय ९६ घरघुरीलाई स्वस्थ्य र सरसफाईका
सामाग्रीहरु तथा किम्ताङ्ग र बर्सुन्चेत गाविसका एकहजार तीन घरघुरीलाई खाद्यान्नका सामाग्रीहरु ९प्रतीघर
३० केजी चामल, ५ केजीदाल, २ लिटर तेल र १ केजीनुन० वितरण गरेको शाहीले जानकारी दिनुभयो ।

यता, गेर्खु, दुईपीपलका तीनहजार आठ ४७ घरघुरीलाई अस्थायी बसोबासको लागि
प्रतिघरधुरीलाई दुई बन्डलका दरले ७ हजार ६सय ९४ बन्डल जस्तापाता गरि नुवाकोट र रसुवाकाजम्मा आठहजार आठ
सय ८९ घरधुरीहरुलाई वितरण गरिएको कारितास नेपालको नुवाकोट कार्यालयले जनाएको छ । नुवाकोटको गेर्खुका १२,
दुइपीपलका १४, तुप्चेका भैरमकोट, बच्छलादेवी, र जनज्योती तीन, र विदुरको पृथ्वी मावि र च्वाडी मावि गरि
दुई विद्यालयसहित ३१ विद्यालयहरुलाई अस्थायी सिकाई केन्द्र निर्माणको लागि संस्थाले जस्तापाता उपलब्ध
गराएको छ ।

संस्थाले गेर्खु, दुइपीपल, बर्सुन्चेत, तुप्चेका १०
कक्षामा अध्यनरत ४ सय २७ जना विद्यार्थीहरुलाई पठनपाठनमा सहजताका लागी सोलार लाईट वितरण गर्नुका साथै
नुवाकोटका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा अस्थायी सेवा सञ्चालन गर्न सहजतका लागी जिल्लास्वास्थ्य
कार्यालय नुवाकोटलाई संस्थाले ७८ थान टेन्ट प्रदान गरेको छ ।


वटा स्वास्थ्य केन्द्रलाई १५ थान स्टेचर बेड र जिल्ला विपद व्यवस्थापन समितिलाई कार्य सञ्चालन सहजताको
लागि एक थान कम्प्युर र प्रिन्टर प्रदान गरिएको संस्थाले जनाएको छ ।संस्थाको उक्त कार्यक्रम सम्पन्न
गर्न कार्यक्रम खर्च र प्रशाशनिक खर्च गरी कुल १० करोड २१ लाख ५७ हजार ४ सय ८६ रुपैया खर्च भएको
संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र