2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

लोप भए टुकी र दियालो, देखिनै छोडे आरन

फागुन १८, गलेश्वर ।  पूर्खाको जीवनशैली र तत्कालीन समयको  पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो । 

डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन् । आयातित कृषि औँजारको प्रयोग गर्ने चलन सुरु भएपछि परम्परागत कृषि औँजार निर्माण गरिने आरन पेसा हराउँदै गएको आरन पेसा सञ्चालन गर्ने  विश्वकर्माले बताएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगिनसके पनि भनेको बेलामा मट्टितेल नपाइने र पहिलेजस्तो सल्लाको रुखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन् ।

“गाउँगाउँमा पुगेको विकासका कारण जिल्लाको ग्रामीण क्षेत्रका सर्वसाधारण हिजोआज टुकी र दियालोको साटो उज्यालोका लागि सोलार प्यानल प्रयोग गर्छन्” धवलागिरि गाउँपालिका– ७ का प्रकाश सुवेदीले भन्नुभयो, “एकपटक सोलार जडान गरेपछि अन्य कुनै खर्च नलाग्ने, आफूलाई चाहिएको समयमा तत्काल बाल्न सकिने र धेरै समयसम्म टिकाउसमेत हुने भएकाले उनीहरुको आकर्षण बढेर गएको हो ।” पुस्तौंदेखि टुकी र दियालो बालेर गुजारा गर्दै आए पनि पछिल्लो समयमा भएको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको विकासले यी लोप भएको उहाँले बताउनुभयो ।

८ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्ने विभिन्न क्षमताका सोलार प्यानलबाट न्यूनतम ३ देखि अधिकतम १० वटासम्म बत्ती बल्नुका साथै घरमा भएका रेडियो र टेलिभिजनसमेत चलाउन सकिने भएपछि केन्द्रिय प्रशारण लाइनको विद्युत् सेवा नपुगेका म्याग्दीका दुर्गम गाउँमासमेत टुकी र दियालो छोडेर स्थानीयवासीले सोलार प्रयोग गर्न थालेका रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुर्जाले बताउनुभयो ।

सोलार जडान गरेपछि राति छोराछोरीलाई पढ्न र आफूलाई टेलिभिजन हेर्नसमेत सजिलो भएको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीकी हिमाली छन्त्यालले बताउनुभयो । गाउँले वैैकल्पिक ऊर्जातर्फ आकर्षित भएपछि जिल्लाका कतिपय सामुदायिक वन उपभोक्ता समूहले आम्दानीको निश्चित् प्रतिशत रकम उपभोक्ताको घरमा सोलार जडान गर्नका लागि खर्च गर्ने गरेका छन् । 

हराउँदै गयो  आरन पेशा

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले म्याग्दीमा आरन पेसा पनि लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औँजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको तीन वर्षअघि सो पेसा छोडेर ज्याला मजदूरीका काम गर्न थाल्नुभएका मालिका गाउँपालिका– ३ का श्यामबहादुर विश्वकर्माले बताउनुभयो ।

अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाले सो पेशालाई छाडदै गएको उहाँको भनाइ छ । “युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ” उहाँले भन्नुभयो, । गाउँमा म मात्र यो पेसा एक्लै धान्दै आएको थिएँ । दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन, तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएकाले पेसा नै परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो ।

नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको स्थानीयवासी तोरणलाल विकले बताउनुभयो । राज्यले अरु पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उहाँको भनाइ थियो ।

एक पाथी अन्नको भरमा वर्षभरि औँजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उहाँले बताउनुभयो । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेसामा भने परिवर्तन हुन नसकेको विश्वकर्माको भनाइरहेको छ । आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेसा ओझेलमा पर्न थालेको बताइन्छ ।

पुरानो सम्पदा संरक्षणमा स्थानीयवासीको चासो

मालिका गाउँपालिका–७ बिममा रहेको ११५ वर्ष पुरानो धार्मिक तथा ऐतिहासिकस्थलको प्रचारप्रसार र संरक्षणमा स्थानीयवासी जुटेका छन् । 

करिब ११५ वर्ष अघि बालतपस्वी चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द स्वामीजीले विसं १९६२ तिर यही स्थलमा आई तपस्या गरेको ऐतिहासिक तथ्य भेटिएपछि डा रुद्रानन्द ब्रह्मचारीको प्रमुख अध्यक्षतामा आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानको घोषणा भएको हो ।

बिमको प्रभुचेला धुरीको नामले चिनिने ऐतिहासिक तपोस्थललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पलवीर जुग्जालीको अध्यक्षतामा समिति नै गठन गरेर स्थानीय प्रभुचेला ध्यानाश्रम निर्माणार्थ प्रभुचेला ध्यानाश्रम तदर्थ समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा बुद्धिबहादुर जुग्जाली, सचिव खिमबहादुर जुग्जाली, सहसचिव लक्ष्मण गौतम, कोषाध्यक्ष कालिप्रसाद जुग्जाली, सहकोषाध्यक्ष ओममाया जुग्जाली रहनुभएको छ । बिममा रहेको प्रभुचेला धुरी र स्वर्गाद्वारी क्षेत्र बिचको सहकार्य र अभियानलाई जोड्न योग गुरु नवीन जुग्जाली संयोजक र सहसंयोजक रुविन जुग्जालीलाई चयन गरिएको छ । समुद्र सतहदेखि करिब दुई हजार ४०० मिटर उचाईमा अवस्थित प्रभुचेला धुरीको खोज तथा अनुसन्धानको सिलसिलामाम करिब २ वर्ष अघि स्वर्गद्वारी आश्रम प्युठानमा पुगिएको थियो ।

स्वर्गद्वारी आश्रमबाट गत फागुन १० मा स्वामी डा रुद्रानन्द ब्रह्माचारी स्वामी कमल गौतम र स्वामी अजित धितोलहरु बिम गाउँको प्रभुचेला धुरीमा पुगेर स्थलगत अध्ययन र अवलोकन गर्नुभएको मालिका गाउँपालिका ७ विमका वडाअध्यक्ष सुविन जुग्जालीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक