२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा अत्याधुनिक हतियारसहित तीन पक्राउ

२०७८, १८ फाल्गुन बुधबार १०:३०

फागुन १८, राँझा । बाँके प्रहरीले डुडुवा गाउँपालिकाबाट अत्याधुनिक हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल, नौ राउण्ड गोली र खुँडासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार पक्राउपर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी दीपेन्द्र अधिकारी, वडा नं १८ निवासी सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने नौ राउण्ड गोली र खुँडासहित डुडुवाबाट नियन्त्रणमा लिइएको हो । 

 डुडुवास्थित राप्ती पुल नजिक गोली चलेको आवाज आएपछि इलाका प्रहरी कार्यालय वनकट्टी (क)बाट गएको प्रहरी टोलीले सुशान्त केसीले चलाएको बागमती प्रदेश ०१–०२५ च ३०९७ नं को गाडी रोकेर जाँच गर्दा पेस्तोल, गोली र खुँडा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु