ललित बोहरा | भादौ १२, डडेल्धुरा | डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको डेढ बर्ष बित्नै लाग्दा पनि कामलाई तिब्रता दिन सकेको छैन । कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थापनाको डेढ बर्ष पुग्नै लाग्दा समेत दिन नसक्दा यातायात व्यवसायीहरु मर्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | भादौ १२, डडेल्धुरा | डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको डेढ बर्ष बित्नै लाग्दा पनि कामलाई तिब्रता दिन सकेको छैन । कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थापनाको डेढ बर्ष पुग्नै लाग्दा समेत दिन नसक्दा यातायात व्यवसायीहरु मर्का"/>
2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुरा नामले मात्र स्थापित, काम शुन्य

ललित बोहरा | भादौ १२, डडेल्धुरा | डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको डेढ बर्ष बित्नै लाग्दा पनि कामलाई तिब्रता दिन सकेको छैन । कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थापनाको डेढ बर्ष पुग्नै लाग्दा समेत दिन नसक्दा यातायात व्यवसायीहरु मर्कामा परेका छन । 

यातायात व्यवस्था कार्यालय डडेल्धुराले सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनको रुट परमिट उपलब्ध गराउन नसक्दा निकै समस्या खेप्नु परेको उग्रतारा यातायात व्यवसायी समिति ईन्चार्ज तेज बहादुर ऐरले गुनासो गरेका छन । उनले बिना परमिट अन्य जिल्लाहरुमा सवारीका साधन सञ्चालन गर्नु पर्ने बाध्यताले ट्राफिक प्रहरीबाट दुःख पाउने गरेको बताएका छन । कार्यालयले प्रदान गर्ने सेवा सुबिधाबाट बञ्चित हुदा दैनिक जरिवाना तिर्नु पर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ । 

कार्यालय स्थापना मात्र गरिएको र कर्मचारीको पद पुर्ती नगरिएकाले सेवा उपलब्ध गराउन नसकिएको यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुरा प्रमूख शङ्कर भण्डारीले बताएका छन । कार्यालयले सामान्य काम पनि गर्न नसक्दा कार्यालय प्रमुख पनि कार्यालयमा उपस्थित नहुने गरेको पाईएको छ । कार्यालय प्रमुख भण्डारीले कार्यालयमा आवश्यक कर्मचारी पद पुर्ती हुन नसक्दा चौबिसै घण्टा रुट परमिट दिन नसकेको रेडियो अमरगढीलाई बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई