२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटक पथप्रदर्शकलाई स्थलगत सीप विकास तालिम

२०७८, १९ फाल्गुन बिहीबार ११:३४

फागुन १९, गण्डकी । पोखरालाई केन्द्र बनाएर पदयात्रा, पर्वतारोहणलगायतमा क्रियाशील पर्यटक पथप्रदर्शकलाई लक्ष्य गरी स्थलगत सीप विषयक आठदिने तालिम दिइएको छ । 

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश समितिको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनात्मक सहयोग, काठमाडौँ इन्भाइरोमेण्टल एजुकेशन प्रोजेक्ट (किप) नेपालको साझेदारी, उद्योग पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा सञ्चालित तालिम पदयात्रा र पर्वतीय पर्यटनमा लागेका पथप्रदर्शकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

तालिममा २७ जना पर्यटक पथप्रदर्शकको सहभागिता रहेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिनुभयो । यस किसिमको तालिम पोखरामा पहिलोपटक भएको दाबी गर्दै उहाँले यस क्रममा पर्वतीय पर्यटनमा अत्यावश्यक नक्सा अध्ययन, कठिन परिस्थितिमा दिशा पत्ता लगाउने कला, प्राथमिक उपचार, तारा अध्ययन, कथावाचनलगायतमा तालिम दिइएको बताउनुभयो । 

तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थान अहिलेको आवश्यकता भएको बताउनुभयो । पर्यटन क्षेत्र अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै उहाँले पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमा आएको बजेट फ्रिज हुन नदिई क्रियाशील पर्यटनसम्बद्ध संस्थाका प्रवद्र्धनात्मक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिनुभयो । केन्द्रमा मन्त्रालय तथा बोर्डबीचको बेमेललगायतका कारण पर्यटकीय गतिविधि प्रभावित हुन नहुने उहाँले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले तालिमले पर्यटन क्षेत्रमा लाग्ने पथप्रदर्शकको दक्षता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा बोर्डले प्रवद्र्धनात्मक गतिवधि बढाइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष जीवन सापकोटा, सचिव सुदीप गौतम, किप नेपालका प्रमुख कार्यकारी अधिकृत इयान वाल, प्रशिक्षार्थीद्वय मनु गुरुङ र सुरज गुरुङ, किप नेपालका अध्यक्ष देवीप्रसाद पन्तलगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता हुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !