भदौ १२, पर्बत  औषधि पसल संचालन गर्न भनी स्वीकृति लिएका व्यक्तिले गै¥हकानूनी ढंगले अन्य स्वास्थ्य सेवा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, पर्बत  औषधि पसल संचालन गर्न भनी स्वीकृति लिएका व्यक्तिले गै¥हकानूनी ढंगले अन्य स्वास्थ्य सेवा प"/>
2026-07-04 10:06 PM
पर्बत - PBT

सर्वसाधारणको स्वास्थ्य माथि गम्भीर खेलवाड, कानून विपरीत औषधि पसलबाटै अस्पतालको सेवा

भदौ १२, पर्बत  औषधि पसल संचालन गर्न भनी स्वीकृति लिएका व्यक्तिले गै¥हकानूनी ढंगले अन्य स्वास्थ्य सेवा प्रदान गरी यहाँ रातारात करोडपति बनेको पाइएको छ । पर्वत जिल्ला खासगरी कुश्मा बजार क्षेत्रमा संचालनमा रहेका अधिकांश औषधि पसलहरुले औषधि व्यवस्था विभागबाट औषधि विक्री गर्ने भनी लाईसेन्स लिने तर मुनाफा कमाउनकै लागि अन्य स्वास्थ्य सेवा समेत गर्दै आएको देखिन्छ । औषधि पसलेले औषधि विक्री मात्र नगरी विरामी चेकजाँच, एक्स रे, भिडियो एक्स रे, ईसिजि, ल्याव लगायतका स्वास्थ्य सेवा समेत गर्दै आएका छन् भने स्वास्थ्य सेवाका लागि दक्ष कर्मचारी नराखेर आफै कामचलाउ ढंगले काम गर्दै आएको गुनासो सर्वसाधाणको छ ।

     स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्वन्धि निर्देशिका २०७० मा प्रष्ट ढंगले विरामी चेकजाँच, एक्स रे, भिडियो एक्स रे, ईसिजि, ल्याव जस्ता पाँच प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न पोलिक्लिनिकको नाममा सम्वन्धित निकायमा दर्ता गरिएको हुनुपर्छ । यसरी कानूनमै प्रष्ट उल्लेख हुँदाहुँदै पनि यहाँका अधिकांश औषधि पसलेहरुले सर्वसाधारणको स्वास्थ्य माथि गंम्भीर खेलवाड गर्दै अन्य स्वास्थ्य सेवा समेत संचालन गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.फणिन्द्र प्रसाद बराल भन्छन्–‘कतिपय लाखौ रकम कमाउने औषधि पसलेहरुले समेत केही हजार रुपैया स्वास्थ्य सेवा कर तिर्नुपर्छ भनी कानून विपरितको स्वास्थ्य सेवा दिदै आएका छन् ।’ अव छिटै नै त्यस्तो कानून विपरित कार्य गर्ने मेडिकलहरुलाई अनुगमन गरी कारवाही गर्ने डा. बरालले बताए । स्वास्थ्य सेवाको नाममा मेडिकल पसलेले गै¥हकानूनी ढंंगले कार्य गर्दै आएको कुरा डा. बरालले समेत गुनासो व्यापक रहेको स्वीकार गरेका छन् । स्वास्थ्य सेवा  जिल्ला स्वास्थ्य कार्यालयका प्रशासनिक अधिकृत पोषनाथ शर्माका अनुसार कतिपय मेडिकल पसलले जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता समेत गरेका छैनन् ।

       जिल्लाको सदरमुकाममा संचालित कतिपय मेडिकल पसलहरुले गै¥हकानूनी ढंगले अस्पताल नै हो जस्तो गरी बेड राखेर विरामी चेकजाँच गर्ने गरेका छन् । सदरमुकाममा संचालित औषधि पसल पर्वत मेडिकल हलले विरामी चेकजाँचका लागि बेडको नै व्यवस्था गरेको छ भने यहाँ ईसिजी, ल्याव, एक्स रे लगायतका स्वास्थ्य सेवा उपलव्ध छ भनी खुलेआम प्रचार समेत गरिदै आएको पाइन्छ । पर्वत मेडिकल हलले गै¥हकानूनी ढंगले औषधि पसलको नामबाट अस्पतालको सेवा दिई राजस्व छल्ने र रातारात करोडौ कमाउने धन्दा गर्न थालेको बर्षौ वितिसकेको एक वर्ष पहिले बजार अनुगमन गर्दा भेटिएको थियो तर अहिले पनि उक्त मेडिकल पसलले खुलेआम गै¥हकानूनी कार्य गर्न रोकेको छैन । जिल्लामा औषधि पसलको नाममा खुलेआम कानून विपरित स्वास्थ्य सेवा प्रदान गर्ने र रातारात करोडौ कमाउने मेडिकलहरु थुप्र्रै रहेको खुल्न आएको छ तर सम्वन्धित निकायले कानूनी कारवाहीमा ती मेडिकल पसललाई ल्याई कारवाही गर्न सकेको अवस्था छैन ।   

कतिपय मेडिकल हल संचालकहरुले गै¥हकानूनी तवरले स्वास्थ्य सेवा प्रदान गर्ने मात्र नभई सामान्य स्वास्थ्य नियम समेत पुरा नगरेको पाइन्छ । औषधिको भण्डारण स्टोर उपयुक्त नभएको, लागूऔषधी विक्रीको रेकर्ड राख्ने लगायतका गंम्भीर विषयमा पनि ध्यान नदिएको देखिन्छ ।

 सदरमुकाम कुश्मामै संचालनमा रहेको एक मेडिकल हलको संचालकले आफ्नो मेडिकल हलमा काम गर्ने दुई दुई वटी सिएमए पढेका युवतीसँग प्रेम लिलाको नाटक गरी गर्भवती बनाएर विचल्ली बनाएको घटना समेत अझै सेलाई सकेको छैन । ती युवतीहरुसँगको घटनालाई सामान्य बनाउन लाखौं रकम खर्चिदा पनि मेडिकल संचालकका आफन्तलाई हम्मेहम्मे परेको विषय बडो चर्चामा आएको थियो । पीडित बनेका युवतीहरु पर्वतकै पातीचौर क्षेत्रका थिए । मेडिकलवालाले विरामीको स्वास्थ्य माथि खेलवाड मात्र नगरी सामान्य नैतिकताको पालना समेत नगरेको केही घटनाहरुले देखाउँछ । यसबारे सरोकारवाला स्थानीय प्रासनिक निकाय बेखवर रहदै आएको छ ।

पर्वतमा मात्र औषधि पसलहरु १२ वटा छन् भने आयुर्वेदिक पसल, डेण्टल क्लिनिक समेत गरी ३२ वटा स्वास्थ्य सम्वन्धि नीजि पसलहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ । यो तथ्यांक गत वर्षको हो भने अहिलेको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा समेत छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै