८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पुर्न निर्माणमा जोडदिन सरोकारवालाहरूको माग

२८ आश्विन २०७२, बिहीबार ०३:४४

असोज २८, रसुवा । व्यवस्थापिका ससंसदको विकास समितिको
आयोजनामा ०७२ असोज १३ गते रसुवाको कालिकास्थान र सरमथलीमा ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प पीडित
क्षेत्रको पूर्ननिर्माण गर्न जिल्लाका सरोकारवालाहरुले जोड् दिएका छन् ।

rasuwa news

विनाशकारी भूकम्प पीडित क्षेत्रको पूर्ननिर्माण अन्तक्रिया कार्यक्रम नेपाल सरकारका
मुख्य सचिव डा सोमलाल सुवेदीले बिधेयक तयार भएकोले पुर्न निर्माण प्राधिकरणले चाँढै पुर्णता पाउने
बताउँनुभयो । उहाँले मानवअधिकार र प्रेस मैत्री संबिधान जारी भएको बताउँदै सरकारी तथा गैर सरकारी
संस्थासँग समन्वय गरेर पुर्न निर्माणका काम सुरु हुने बताए ।

सांसद रञ्जनाकुमारी सरकारले हिमाली जिल्लामा हिउँ पर्न थाले पछि समस्या हुन थाल्छ भने
छाप्रामा बस्ने सुत्केरी, भर्गवती महिलाहरु जोखिममा पर्ने गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयवासी,
पत्रकार अधिकारकर्मी, व्यापारीहरु सहभागी थिए । कार्यक्रममा सहभागीहरुले विनाशकारी भुकम्पले रसुवाको
पर्यटकीय क्षेत्र संकटमा परेको अझै लाङटाङमा पुरिएका धेरै जना बेपत्ता भएकोले शबहरुको उत्खनन् गरी
उनीहरुको अवस्था बारे पत्ता लगाउनु पर्ने तथा बिस्थापितहरुलाई पुर्नबास गराउनु पर्ने , चीनले रसुवाको
पुर्न निर्माण थाल्ने तर सरकारले स्वीकृति नदिएको गुनासो गरे ।

जिल्लाबाट निर्वाचित संसद जनार्दन ढकालले जिल्लाका राजनीति दल, कर्मचारी समेतको सहयोग र
समन्वयमा तत्काल खोज उद्धार र राहतका काम भएको अबको ध्यान पूर्न निर्माणमा जानु पर्ने बताउँदै पूर्न
निर्माण प्राधिकरणले काम थाल्ने बताउनुभयो । उहाँले जिल्लाका सवै खाले समस्या समाधान गर्न आफु लागी
पर्ने बताउँदै २ लाख रुपैयाँ राहत दिने तथा २ प्रतिसत सहुलियत ब्याजमा ऋण प्रदान गर्ने बताउनुभयो

कार्यक्रममा एनेकपा माओवादीका माधव लामिछानेले, नेकपा एमालेका
भवनी न्यौपाने, नेपाली काँग्रेसका ओम आचार्य, सांसद कर्ण बिक, दलितका तर्फबाट मनवीर कामी र जिल्ला
भूमिअधिकार मञ्चका अध्यक्ष चित्रकुमारी न्यौपाने, अन्तरपार्टी महिला सञ्जालकी भगवती न्यौपानेले आफ्नो
धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र