फागुन २९, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिक गर्नुभएको छ । बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गर्नुभएको हो ।

उहाँले भन्नुभयो “ यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ । ” उहाँले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्यसमेत गर्नुभएको थियो ।

उहाँले तीन दिन लगाएर सरसफाइ गर्नुभयो । सफाइ गर्ने औजार पनि उहाँ आफैँले किन्नुभएको थियो । तीनधारामा भने उहाँलाई तीन अन्य स्थानीयवासीले सहयोग गरेका थिए ।

सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गर्नुभएको थियो । सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो ।

March 13, 2022
काठमाडौँ - KTM, समाज, हुम्ला - HML
सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो भयो भन्दै एक विदेशी नागरिक जुटे सरसफाईमा
By साझासवाल
2 मिनेट पढाइ