भदौ १२, डडेल्धुरा | मुक्त हलिया घोषणा भएको ९ बर्ष बित्दा पनि उचित पुनःस्थापनामा सरकारले बेवास्था गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, डडेल्धुरा | मुक्त हलिया घोषणा भएको ९ बर्ष बित्दा पनि उचित पुनःस्थापनामा सरकारले बेवास्था गरेको"/>
2026-09-19 05:01 AM
डडेलधुरा - DDL

सुदूर र मध्यपश्चिमका मुक्त हलियाद्धारा भुमिसुधार मन्त्री समक्ष ध्यानाकर्षण पत्र पेश

भदौ १२, डडेल्धुरा | मुक्त हलिया घोषणा भएको ९ बर्ष बित्दा पनि उचित पुनःस्थापनामा सरकारले बेवास्था गरेको भन्दै डडेल्धुरा लगायत सुदूर र मध्यपश्चिमका गरी १२ जिल्लाका मुक्त हलिया आन्दोलीत भएका छन । सरकारले गरेका ५ बुँदे सहमति बिपरित पुनःस्थापना प्याकेज ल्याई बजेट बिनियोजन गरेको भन्दै मुक्त हलियाहरु आन्दोलित भएका हुन । 

मुक्त हलिया समाज कार्यालय डडेल्धुरा लगायत सुदूरपश्चिमका ९ जिल्ला र मध्यपश्चिका ३ जिल्ला हुम्ला, जाजरकोट र सुर्खेतले आईतबार जिल्ला प्रशासन कार्यालयमार्फत भूमीसुधार तथा व्यवस्था मन्त्रीलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पुनःस्थापनामा गरेको ढिलाईले मुक्त हलियाको अवस्था झनै दर्दनाक बन्नुका साथै सरकार संग भएको सम्झौता बिपरित सकारकारले मनोमानी ढंगले पुनःस्थापना प्याकेज सञ्चालन गर्न लागेको उक्त पुनस्थापना प्याकेजमा मुक्त हलियाहरु सहभागि नहुने राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय कोषाध्यक्ष दुर्गा टमटाले बताएकि छन । छुट मुक्त हलियाहरुको तथ्याङ्क लिई पूर्नस्थापना प्याकेजमा समाबेश गरिनुपर्ने, मुक्त हलियाको आधारभूत आवश्यकता लगायत शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको पुनःस्थापनाका लागि अधिकार सम्पन्न पुर्नस्थापना आयोग गठन अथवा समिति गठन गरिनुपर्ने, ३ रोपनी जग्गा बराबरको २ लाख रुपैँया दिने व्यवस्थालाई खारेज गरी ३ रोपनी जमिन उपलब्ध गरिनुपर्ने लगायतका बिभिन्न १४ बुँदे माग सहित ध्यानाकर्षण पत्र पेश गरेको हो । 

साथै आफ्ना माग तथा अडानहरु सम्बोधन नगरिए आफुहरु चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन गर्ने चेतावनी समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ । डडेल्धुराको असिग्रामका सम्र्पुण हलियाहरुको केन्दमा नाम नै समाबेश  गरीएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई