2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मेलमिलापबाटै मुद्दाको छिनोफानो गर्दै तनहुँका स्थानीय तह

फागुन २९, काठमाडौँ । तनहुँका स्थानीय तहले मेलमिलापबाटै मुद्दाको छिनोफानो गर्ने नीति अवलम्बन गरेका छन् । न्यायिक समितिमा दर्ता हुने मुद्दालाई मेलमिलापका माध्यमबाट समाधान गर्ने नीति जिल्लाका स्थानीय तहले अवलम्बन गरेका हुन् । 

उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा रहने न्यायिक समितिलाई विभिन्न प्रकृतिका मुद्दाको छिनोफानो गर्ने अधिकार छ । सोही अधिकारबमोजिम स्थानीय तहले मुद्दा फछ्र्यौट गर्दै आइरहेका  छन् । स्थानीय तहमा आउने मुद्दा मिलाउन विभिन्न पालिकाले वडास्तरमा पनि मेलमिलाप केन्द्र गठन गरेका छन् । व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा नौ मुद्दा फछ्र्योट गरेको छ । अघिल्लो आर्थिक वर्षको सरिआएका ११ र नयाँ १३ मुद्दा दर्ता भएकामा सात मुद्दामा मेलमिलाप गरिएको नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । अन्य मुद्दा फछ्र्योट हुन बाँकी छन् ।

नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडा वडामा नै मेलमिलाप केन्द्र स्थापना गरेको हो । “मेलमिलाप केन्द्र स्थापनापछि न्यायिक समितिमा मुद्दा आउत्रे क्रम घटेको छ”, उहाँले भन्नुभयो । न्यायिक समितिमा मुद्दाको चाप घटाउने र सामान्य विवादका घटनालाई वडाबाटै निरुपण गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको हो । “सबै मुद्दा न्यायिक समितिमा पठाउँदा चाप बढ्छ, सामान्य विवादलाई वडामै छलफलबाट टुङ्ग्याउन सकिन्छ”, जोशीले भन्नुभयो, “कतिपय मुद्दा सिधै न्यायिक समितिमा आए पनि त्यसलाई मेलमिलाप केन्द्रमा नै पठाउने गरिएको छ ।”

नगरपालिकाले सबै वडाका तीन/तीन जनालाई मेलमिलाप तालिम दिइसकेको छ । उनीहरुलाई नगरपालिकाको मेलमिलापकर्ताका रुपमा सूचीकृत गरिएको छ । मेलमिलाप केन्द्रमा समाधान हुन नसकेका मुद्दा मात्रै न्यायिक समितिमा पठाइन्छ । “कतिपय मुद्दा न्यायिक समितिबाटै निरुपण गर्नुपर्ने हुन्छ, त्यस्ता मुद्दा मेलमिलाप केन्द्रबाट न्यायिक समितिमा आउँछन्”, उहाँले भन्नुभयो, “बाँकी मुद्दालाई मेलमिलाप केन्द्रबाटै मिलाउँछौँ ।”

स्थानीय शासन ऐन, २०७४ बमोजिम नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान छ । स्थानीयस्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गरी स्थानीय विकास प्रक्रियामा टेवा पु¥याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, पिछडा वर्ग र सिमान्तकृत समुदायको सशक्तीकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवअधिकार र नागरिकहितको सम्वद्र्धनमा मेलमिलाप केन्द्रबाट सहयोग पुग्ने विश्वास गरिएको छ ।

बन्दीपुर गाउँपालिकाले चालू आवमा १९ मुद्दा फछ्र्योट गरेको छ । गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक करुणा गुरुङका अनुसार लैङ्गिक हिंसा, मानाचामल, ज्येष्ठ नागरिकलाई हेला जस्ता मुद्दा फछ्र्योट गरिएका हुन् । सम्बन्ध विच्छेदका तीन मुद्दा भने अदालत पठाइएको उहाँले जानकारी दिनुभयो । मेलमिलापबाटै मुद्दा फछ्र्योटलाई प्राथमिकता दिइएको छ । न्यायिक समितिमा गाली बेइज्जति, क्षतिपूर्ति उपलब्ध, जग्गाको साँध सिमाना विवाद, घरायसी झैझगडालगायत विवाद दर्ता हुने गरेका छन् । “दर्ता भएका सबै विवादको निरुपण गरेका छौँ । कुनै विवादमा हामीले कानुनी आधारमा निर्णय गरेका छौँ भने कुनै सहमतिमा मिलापत्र गराएका छौँ”, गुरुङले भन्नुभयो । 

न्यायिक समितिले सुरुमा समितिमा आएको निवेदन कार्यक्षेत्रमा पर्ने वा नपर्नेबारेमा अध्ययन गर्ने गरेको छ । “न्यायिक समितिको कार्यक्षेत्रमा पर्ने रहेछ भनी निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउँछौँ”, गुरुङले भन्नुभयो, “हाम्रो कार्यक्षेत्रमा नपरेका उजुरी जिल्ला अदालत पठाउने गर्छौँ । कतिपय विवादमा प्रशासनको सहयोग लिनुपर्छ ।” 

आँबुखैरेनी गाउँपालिकाले पनि मेलमिलापबाटै मुद्दाको टुङ्गो लगाउने गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा आठ मुद्दा दर्ता भएकामा पाँच मेलमिलापबाट समाधान गरेको उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिनुभयो । “दर्ता भएका मुद्दामा दुवै पक्षलाई राखेर छलफल गरेर विवाद समाधान गर्छौं”, उहाँले भन्नुभयो । न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको छिनोफानो न्यायिक समितिबाटै गर्ने गरेको र क्षेत्राधिकारभन्दा बाहिरका मुद्दा अदालत पठाउने गरेको श्रेष्ठले बताउनुभयो । न्यायिक समितिमा चार सदस्य र एक परामर्शदाता रहनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक