2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

म्यादी प्रहरीमा भर्ना हुन युवाहरु तछाड-मछाड

चैत ७, संखुवासभा । सरकारले स्थानीय चुनावको घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ । छोटो अवधिका लागि मागिएको म्यादी प्रहरी बन्नका लागि संखुवासभामा पनि युवाकाे भिड लाग्न थालेको छ । म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालय संखुवासभामा बिहान ९ बजेदेखि नै लाइनमा बस्नेहरूको भिड हुन्छ । शैक्षिक प्रमाणपत्र भए पनि रोजगारीको उचीत व्यवस्था नभएका कारण ४० दिनका लागि  म्यादी प्रहरीमा भर्ना हुनका लागि युवा तँछाडमछाड गरिरहेका छन् । 

स्थानीय निर्वाचनका लागि संखुवासभामा ९४४ संख्या माग भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । म्यादी प्रहरीका लागि आइतबारबाट भर्ना सुरु गरिएको डिएसपी सुवेदीले बताए ।

९४४ म्यादी प्रहरीका भर्ना हुन लागि बिहान ९ बजेदेखि नै युवायुवती भिड लाग्ने गरेको उनले बताए ।  बेरोजगारी भएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको चिचिला गाउँपालिका- ४ का जितमा गुरुङले बताए । घरमा बेरोगार भएर बस्नुभन्दा छोटो अवधिका म्यादी बन्न आवेदन दिएको गुरुङले बताए ।

कोरोाना कारण बैदेशिक रोजगारमा जान सक्ने अवस्था नभएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको खाँदबारी नगरपालिका -११ का सीताराम गुरुङले बताए । उनी गत वर्ष बैदेशिक रोजगारबाट फर्किएपछि आफु बेरोजगार भएको म्यादी प्रहरीका भर्ना हुने आएको उनले बताए ।

त्यस्तै बेरोजगार समस्या र अनुभवका लागि म्यादी प्रहरीमा भर्ना हुन आएको चिचिला गाउँपालिका-१ कि जानुका राईले बताइन् । पढाई खर्च जुटाउन म्यादी प्रहरीमा हुन आएको मकालु गाउँपालिका गाउँपालिका-४ बैधेकी अनिता तामाङले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई