२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नुवाकोट र रसुवाको अठार सहकारी खारेजीमा

२०७२, १८ कार्तिक बुधबार १२:३०

कात्तिक १८, विदुर । डिभिजन
सहकारी कार्यालय नुवाकोटले सम्पन्न आर्थिक वर्षमा नुवाकोट र रसुवाको १८ वटा सहकारी सस्थालाई खारेज गरेको
छ ।

दर्ता भएर पनि पछिल्लो दुई आर्थिक वर्षदेखि सस्थाको आर्थिक
कारोबारको मासिक विवरण, लेखापरि क्षण प्रतिवेदन तथा साधारण सभाको प्रतिवेदन नियमित रुपमा रजिष्ट्रार को
कार्यालयमा पेश नगरेका तथा निष्क्रिय रहेका नुवाकोटको एक र रसुवाको १७ सहकारी सस्था खारेज गरेको हो

खारेज भएका सहकारी संस्थाहरुमा नुवाकोटको विदुर नगरपालिका वडा
नम्बर एकमा र हेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ । यस्तै रसुवाका १७ वटा सहकारी
संस्थाहरु रहेका छन् । पछिल्लो समय सहकारी संस्थाहरु आर्थिक लगानीको तीन खम्बे रणनीति अन्तरगत मुख्य
जिम्मेवारी पूरा गर्दै आएको समयमा धेरै सहकारी सस्थाहरु खारेज हुँदा सर्वसाधारणमा सहकारी संस्थाहरु
प्रतिको विश्वासनियता गुम्ने देखिएको छ ।

सहकारी संस्थाहरुबाट
ग्रामीण तथा सामाजिक विकास, एकीकृत लगानी, सामूहिक गतिविधि लगायतको ब्यबहारको विकास हुने भएपनि धेरै
सहकारी संस्था खारेजीले सहकारीहरुलाई समुदायले नै जिम्मेवारी बनाउनुपर्ने डिभिजन सहकारी कार्यालय
नुवाकोटका प्रमुख शंकरराज पाठकले बताउनुभयो । सहकारी ऐन २०४८ तथा सहकारी दर्ता, संचालन, लेखापरिक्षण तथा
नियमन सम्बन्धी मापदण्ड २०६८ मा प्रत्येक सहकारी संघ संस्थाले कारोवारको विवरण तथा अन्य विवरणहरु
तोकिएको समयमा रजिष्ट्रार समक्ष अनिवार्य रुपमा पेश गर्नुपर्ने कानूनि प्रावधान पूरा नगरेका सहकारी
खारेजी गर्नुपरेको डिभिजन सहकारी प्रमुख पाठकले बताउनु भयो । सहकारीको माध्यमबाट सर्वसाधारणलाई लगानीको
बातावरण देखि दैनिक बचतको समेत बानीको विकास गराउँदै आएको छ ।

चीनबाट ईन्धन आयात नियमित हुने नेपाल आयल निगम र चाइना आयल कर्पो्रियनबीच तेल खरिद विक्री
गर्ने समझदारी भएपछि नेपालतर्फ तेल आपूर्ति गर्ने भरपर्दो उपायको खोजी हुन थालेको छ । चीनले रसुवागढी
नाकाबाट नेपालसंग इन्धन विक्री गर्ने बताएपछि यो नाकातर्फ सरोकार वालाको ध्यान केन्द्रीत भएको छ ।
त्रिशूलीदेखि रसुवाको धुन्चेसम्मको सडक, पहिलो र जोखिमपूर्ण बाटोका कारण वैकल्पिक उपायहरुको खोजी हुन
थालेको हो ।

चीनको राजधानी बेइजिङबाट स्थलगत अवलोकन गर्दै
शनिबार साँझ रसुवागढी नाका आएका चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले नुवाकोट र रसुवाका सुरक्षा
निकाय का प्रमुख एवं नागरिक समाजका प्रतिनिधिहरुसँग नाका व्यवस्थित बनाउने र दीर्घकालीन रुपमा इन्धन आयत
गर्नेबारेमा छलफल गरेका छन् । राजदूत मास्केको साथमा परराष्ट्र मन्त्रालय उत्तरपूर्व महाशाखा हेर्ने
सहसचिव झविन्द्रप्रसाद अर्यालसमेत सहभागी थिए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमे%

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह