३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नुवाकोट र रसुवाको अठार सहकारी खारेजीमा

१८ कार्तिक २०७२, बुधबार १२:३०

कात्तिक १८, विदुर । डिभिजन
सहकारी कार्यालय नुवाकोटले सम्पन्न आर्थिक वर्षमा नुवाकोट र रसुवाको १८ वटा सहकारी सस्थालाई खारेज गरेको
छ ।

दर्ता भएर पनि पछिल्लो दुई आर्थिक वर्षदेखि सस्थाको आर्थिक
कारोबारको मासिक विवरण, लेखापरि क्षण प्रतिवेदन तथा साधारण सभाको प्रतिवेदन नियमित रुपमा रजिष्ट्रार को
कार्यालयमा पेश नगरेका तथा निष्क्रिय रहेका नुवाकोटको एक र रसुवाको १७ सहकारी सस्था खारेज गरेको हो

खारेज भएका सहकारी संस्थाहरुमा नुवाकोटको विदुर नगरपालिका वडा
नम्बर एकमा र हेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ । यस्तै रसुवाका १७ वटा सहकारी
संस्थाहरु रहेका छन् । पछिल्लो समय सहकारी संस्थाहरु आर्थिक लगानीको तीन खम्बे रणनीति अन्तरगत मुख्य
जिम्मेवारी पूरा गर्दै आएको समयमा धेरै सहकारी सस्थाहरु खारेज हुँदा सर्वसाधारणमा सहकारी संस्थाहरु
प्रतिको विश्वासनियता गुम्ने देखिएको छ ।

सहकारी संस्थाहरुबाट
ग्रामीण तथा सामाजिक विकास, एकीकृत लगानी, सामूहिक गतिविधि लगायतको ब्यबहारको विकास हुने भएपनि धेरै
सहकारी संस्था खारेजीले सहकारीहरुलाई समुदायले नै जिम्मेवारी बनाउनुपर्ने डिभिजन सहकारी कार्यालय
नुवाकोटका प्रमुख शंकरराज पाठकले बताउनुभयो । सहकारी ऐन २०४८ तथा सहकारी दर्ता, संचालन, लेखापरिक्षण तथा
नियमन सम्बन्धी मापदण्ड २०६८ मा प्रत्येक सहकारी संघ संस्थाले कारोवारको विवरण तथा अन्य विवरणहरु
तोकिएको समयमा रजिष्ट्रार समक्ष अनिवार्य रुपमा पेश गर्नुपर्ने कानूनि प्रावधान पूरा नगरेका सहकारी
खारेजी गर्नुपरेको डिभिजन सहकारी प्रमुख पाठकले बताउनु भयो । सहकारीको माध्यमबाट सर्वसाधारणलाई लगानीको
बातावरण देखि दैनिक बचतको समेत बानीको विकास गराउँदै आएको छ ।

चीनबाट ईन्धन आयात नियमित हुने नेपाल आयल निगम र चाइना आयल कर्पो्रियनबीच तेल खरिद विक्री
गर्ने समझदारी भएपछि नेपालतर्फ तेल आपूर्ति गर्ने भरपर्दो उपायको खोजी हुन थालेको छ । चीनले रसुवागढी
नाकाबाट नेपालसंग इन्धन विक्री गर्ने बताएपछि यो नाकातर्फ सरोकार वालाको ध्यान केन्द्रीत भएको छ ।
त्रिशूलीदेखि रसुवाको धुन्चेसम्मको सडक, पहिलो र जोखिमपूर्ण बाटोका कारण वैकल्पिक उपायहरुको खोजी हुन
थालेको हो ।

चीनको राजधानी बेइजिङबाट स्थलगत अवलोकन गर्दै
शनिबार साँझ रसुवागढी नाका आएका चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले नुवाकोट र रसुवाका सुरक्षा
निकाय का प्रमुख एवं नागरिक समाजका प्रतिनिधिहरुसँग नाका व्यवस्थित बनाउने र दीर्घकालीन रुपमा इन्धन आयत
गर्नेबारेमा छलफल गरेका छन् । राजदूत मास्केको साथमा परराष्ट्र मन्त्रालय उत्तरपूर्व महाशाखा हेर्ने
सहसचिव झविन्द्रप्रसाद अर्यालसमेत सहभागी थिए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमे%

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग