चैत १०, सप्तरी । गृहमन्त्री बालकृष्ण खाँण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडको हतारहतारमा मर्मत गरिँदै छ । बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सम्पन्न हुन नसकेको सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।

बोदेबर्साइन नगरपालिका-५ मा रहेको खडक नदी पुल,वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका- १ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री खाँण आउन लागेपछि सडक मर्मतसँगै सरसफाइ गरी चिटिक्क पारिँदै छ।

यही बाटोबाट प्रमुख अतिथि, विशिस्ट अतिथि र अन्य अतिथिहरूको आगमन हुने भएकोले सडक मर्मत गर्ने कार्य हतारमा गरिँदैछ, स्थानीय उमेश साहले बताए।