भदौ १३, डोटी । डोटी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनार्थ धार्मिक महोत्सब गरिने भएको छ । अन्तराष्ट्रिय भक्तियोेग फाउण्डेसन नेपालको सहयोगमा डोटी बहुमुखी क्याम्पसले महोत्सबको आयोजनाको तयारी गरेको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, डोटी । डोटी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनार्थ धार्मिक महोत्सब गरिने भएको छ । अन्तराष्ट्रिय भक्तियोेग फाउण्डेसन नेपालको सहयोगमा डोटी बहुमुखी क्याम्पसले महोत्सबको आयोजनाको तयारी गरेको हो"/>
2026-07-04 10:05 PM
डोटी - DT

डोटीमा धार्मिक महोत्सब गरिने

भदौ १३, डोटी । डोटी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनार्थ धार्मिक महोत्सब गरिने भएको छ । अन्तराष्ट्रिय भक्तियोेग फाउण्डेसन नेपालको सहयोगमा डोटी बहुमुखी क्याम्पसले महोत्सबको आयोजनाको तयारी गरेको हो ।

महोत्सबको तयारी स्वरुप आईतबार क्याम्पसमा छलफलको आयोजना गरिएको छ । छलफलका क्रममा सहभागि सरोकारवालाहरुले डोटी बहुमुखी क्याम्पस सुदूर तथा मध्यपश्चिमकै पुरानो क्याम्पस भएपनि अपेक्षाकृत रुपमा सफलता प्राप्त गर्न नसकेको बताएका थिए । त्यसका लागि क्याम्पसको स्तरोन्नती र अवस्था सुधारमा सबैले हातेमालो गर्नुपर्नेमा जोड  दिए । यसैका लागि आयोजना हुन लागेको महोत्सवको स्वागत गर्दै यसलाई महत्वपूर्ण अबसरका रुपमा  लिनुपर्ने सबैको तर्क थियो ।

‘२०१६ सालमा त्रिभुबन बिश्व बिद्यालयको स्थापना भएको हो । त्योसंगै २०१७ सालमा डोटी क्याम्पस स्थापना भैसकेको थियो,’ क्याम्पसका प्राध्यापक डण्डिराज ओझाले भने,‘तर, यति पुरानो ईतिहास बोकेको कलेज हुँदाहुदै पनि हामी ओझेलमा परेका छौ । अब सबै मिलेर यसको उत्थानमा लाग्नुपर्छ ।’ यसै उद्देश्यले महोत्सबको आयोजना गर्न लागिएको उनले बताए ।

छलफलका क्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मिन बमले सरोकारवालाहरुकै बेवास्ताको सिकार क्याम्पस भएको बताए । यसका लागि सबै जागरुक भएर लाग्नुपर्ने बताए ।  क्याम्पस प्रमूख कृष्णबहादुर कठायतले समयानुकुल रुपमा क्याम्पसको चौतर्फी बिकास हुन नसक्दा ओझेलमा परिरहेको बताए । यसका लागि बिद्यार्थीलाई आकर्षित गर्ने किसिमका बिषय, भोतिक संरचना, पूर्बाधारहरु आवश्यक रहेको बताए । उनले भने,‘यसका लागि क्याम्पस प्रशासनले मात्रै चाहेर केही हुन सक्दैन् । सबै पक्षले मिलेर मात्रै यो सम्भव हुन्छ ।’ यसका लागि क्याम्पस परिवार समन्वय गर्न तयार रहेको उनले बताए ।

दिपायल सिलगढी नगरपालिकाका पूर्ब मेयर पूर्णराज जोशीले क्याम्पसले समयानुकुल रुपमा आफ्नो शिक्षाको दयरा फराकिलो पार्दे लैजानुपर्नेमा जोड दिए । ‘अहिलेसम्म यत्रो पुरानो क्याम्पसले प्राबिधिक शिक्षा, स्नातकोत्तरका बिषयहरु, स्नातकमा सबैजसो बिषयहरु शुरु गरिसक्नुपथ्र्यो,’ उनले भने,‘तर, त्यो हुन नसक्दा बिद्यार्थीको रोजाईमा पर्न सकेन् । अब त्यसबारे सोचेर अघि बढ्नुपर्छ ।’ आधिकारीक ट्रेड यूनियन डोटीका अध्यक्ष गणेश धामीले धार्मिक महोत्सबको कार्यलाई स्वागत गर्दै यहाँको शिक्षा क्षेत्रको उत्थानका लागि गरिने कार्यमा कर्मचारीहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले डोटी उद्योग बाणिज्य संघ जिल्लाको बिकासमा हातेमालो गर्न सदैब तत्पर रहेको बताए । शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष पे्रमशंकर भट्टले क्याम्पसको बिकासका लागि थालिएको नयाँ अभियानमा आफ्नो र संस्थाको पूर्ण समर्थन रहने प्रतिबद्धता राखे ।

२०१७ सालमा स्थापना भएको क्याम्पसमा पहिले आईएका कक्षाहरु संचालित थिए । २०३० सालबाट क्याम्पसले स्नातकका कक्षाहरु पनि संचालित गरेको थियो । ती सबै मानविकि संकाय अन्तर्गतका कक्षाहरु थिए । बिचमा एक पटक न्याय संकायमा प्रबिणता प्रमाणपत्र तह पनि संचालित थियो । २०५७ सालबाट क्याम्पसले आफ्नै स्रोतबाट शिक्षा शास्त्र संकाय पनि चलाईरहेको छ । हाल क्याम्पसमा मानविकि तर्फ नेपाली र समाजशास्त्र बिषयमा स्नातकोत्तर तहको पठन– पाठन भैरहेकोे छ ।

स्नातकोत्तरमा थप बिषय र संकाय संचालन तथा क्याम्पसको भौतिक सुधार र स्तरोन्नतीका लागि महोत्सब संचालन गर्न लागेको क्याम्पसले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै