2026-11-02 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनद्वारा सरकारलाई विमानस्थल हस्तान्तरण, ७ प्रतिशत काम बाँकी

चैत १३, पोखरा ।  पोखरामा निर्माण भैरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलका चावी हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चावी खड्कालाई दिए । नेपालको तीन दिने भ्रमणमा रहेका यीको उपस्थिति भएको अवसर पारेर निर्माण कम्पनीले विमानस्थल सरकारलाई सुम्पिएको हो ।

विमानस्थलको ७ प्रतिशत निर्माणको काम बाँकी छ । ‘मेजर काम पूरा भयो । तर सबै काम सकिएको होइन,’ आयोजना प्रमुख विनेश मुनन्कर्मीले भने, ‘सांकेतिक रुपमा चावी हस्तान्तरण गरिएको हो । पूरै प्रोजेक्ट सकिएको होइन ।’ उनले चावी हस्तान्तरणपछि पनि निरन्तर काम भइरहने बताए ।

खासगरी डेकोरेशन, फिनिसिङ लगायतका काम बाँकी छ । प्रधानमन्त्री निवासमा चावी हस्तान्तरणपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले पोखराबाट भने, ‘अब पोखरा र नेपालको विकासको ढोका खुल्यो । यो विमानस्थल बनेर मात्र हुँदैन, सकेजति प्रयोग गर्नुस् ।’ पर्यटन व्यवसायीहरुलाई लगानी बढाउन र तारे होटल थप्न उनको आग्रह छ ।

चिनियाँ निर्माण कम्पनी सिएएमसीईका अध्यक्ष ली आईसिनले यो एयरपोर्ट दक्षिण एसियाली मुलुककै लागि यातायातको हव बन्ने बताए । ‘विगत केही वर्षको मेहनतपछि पोखरेली जनताले दशकौंदेखि प्रतिक्षा गरिरहेको एयरपोर्ट अन्ततः पूरा भएको छ र चाँडै सन्चालनमा ल्याइनेछ,’ उनले भने, ‘विमानस्थल चलेपछि पर्यटन र आर्थिक विकासलाई टेवा पुग्नेछ ।’

२२ मे २०१४ मा सिएएमसीईले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग परियोजना निर्माण सम्झौतामा हस्ताक्षर गरेको थियो । अप्रिल २०१६ मा शिलान्यास भएको थियो । तर, लोन प्रक्रियाका कारण निर्माणको चरणमा जान एक वर्ष लाग्यो । २०२० को कोभिड भाइरसका कारण निर्माणमा असर पुग्यो । ५ वर्षपछि निर्माण सकेर सन्चालनमा ल्याउन लागिएको छ ।

पोखरा विमानस्थलमा २५ सय मिटर लामो धावनमार्ग छ । विभिन्न १४ वटा भवन निर्माण भएका छन् । करिब २२ अर्ब लागतमा निर्माण हुन लागेको विमानस्थलको खर्च चीनकै एक्जिम बैंकले सहुलियतपूर्ण ऋण सहयोग गरेको हो । तर तीन हजार मिटरको धावन मार्ग रहेको भइरहवा विमानस्थलको लागत सात अर्ब मात्रै लागेकोले पोखराको एयरपोर्ट महंगो भएकोमा धेरैको चिन्ता र चासो देखिन्छ ।

आउँदो १० जुलाईमा विमानस्थलको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना छ । यसअघि गएको १० जुलाईमै हस्तान्तरण गर्ने तयारी गरिएकोमा कोरोना संक्रमणका कारण एक वर्ष ढिलो भएको हो । विमानस्थलबाट आगामी वैशाखमा परीक्षण उडान गर्ने तयारी छ । तर, त्यसका लागि आवश्यक काम भने पूरा भएका छैनन् । निर्माण कम्पनीले चावी हस्तान्तरण गरेपछि नेपाल सरकारले कम्पनीलाई कदर पत्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द