2026-09-12 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहाडका अस्पतालमा जान मान्दैनन् चिकित्सक, चिकित्सकलाई खटाउन दुर्गम र प्रोत्साहन भत्ताको व्यवस्था

चैत १३, बुटवल ।  चिकित्सकहरू पहाडी जिल्लाका अस्पतालहरूमा जान नमानेपछि लुम्बिनी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । लुम्बिनी प्रदेशका दुर्गम र पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकको अभाव भएको भन्दै प्रदेश सरकारले चिकित्सकलाई खटाउन दुर्गम र प्रोत्साहन भत्ताको व्यवस्था गर्ने तयारी गरेको हो ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने विशेषज्ञ डाक्टरको अभावबाट गुज्रिरहेका छन् ।  लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने तयारी गरेको हो । ‘यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिएको छ, मन्त्रिपरिषद्‌ले निर्णय गरेपछि दुर्गममा चिकित्सक पठाउने काम सुरु हुन्छ.’ मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने ।

सहरका अस्पताल मात्र सुधार गरेर स्वास्थ्य सेवा सुधार नहुने भन्दै गाउँका अस्पताललाई पनि सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै यस्तो योजना बनाइएको देवकोटाले बताए । प्रादेशिक अस्पताल तथा प्रदेशभित्र सञ्चालित मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सकलाई दुर्गमका अस्पतालहरूमा जानका लागि आह्वान गरिने पनि डा. देवकोटाले बताए । ‘चिकित्सकहरूलाई गाउँ जान आकर्षित गर्नका लागि विशेष व्यवस्था गर्न खोजिएको हो,’ उनले भने ।

मन्त्रालयका सचिव डा. देवकोटाका अनुसार यो कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले एक करोड बजेट विनियोजन गरेको छ । विशेषज्ञ चिकित्सक नभएका अस्पतालमा कम्तीमा तीन महिना खटिने चिकित्सकले खाइपाइ आएको सुविधाको अतिरिक्त मासिक अधिकतम ७० हजार रुपैयाँसम्म पाउने उनले जानकारी दिए ।

मन्त्रालयले पहाड तथा दुर्गम जाने चिकित्सकलाई मासिक रुपमा प्रोत्साहन भत्ता २५ हजार, यातायात खर्च १० हजार, सञ्चार सुविधा दुई हजार, आवास सुविधा १० हजार, खाजा/खाना तथा अतिथि सत्कार खर्च १० हजार, दुर्गम भत्ता रुकुम पूर्वको लागि १३ हजार, रोल्पाको लागि आठ हजार र पाल्पा, प्युठान, अर्घाखाँची र गुल्मीको लागि पाँच हजार प्रस्ताव गरेको छ ।

आर्थिक मामिला तथा सहकारी मन्त्रालयले सहमति दिएका यो प्रस्ताव मन्त्रिपरिषद्‍ले निर्णय गर्नेबित्तिकै कार्यान्वयनमा जानेछ । प्रदेश सरकारले प्रदेश सरकारअन्तर्गका सबै जिल्लास्थित अस्पतालहरूलाई ५० शय्यामा स्तरोन्नति गरी सोहीबमोजिम अस्थायी जनशक्ति तथा दरबन्दी स्वीकृत गरेको भए पनि ती अस्पतालहरूमा दरबन्दी बमोजिमको जनशक्ति नभएपछि यस्तो व्यवस्था गर्न लागिएको सचिव देवकोटाले बताए ।

यो कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पतालहरूमा कार्यरत विशेष सीप र क्षमता भएका कम्तिमा एमडी वा सोभन्दा माथिल्लो तहको उपाधि हासिल गरी प्रदेशमा समायोजन भएका, कामकाजमा खटिएका, छात्रवृति करारमा कार्यरत रहेका, समितिअन्तर्गत नियुक्त भएका तथा करार सेवामा रही जुनसुकै किसिमले नियुक्त भएका चिकित्सकहरुलाई खटाईने सचिव देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस