Skip to content
Friday, July 17, 2026 Nepali Online Media

देउखुरीका विभिन्न स्थानमा बाल अधिकार सम्बन्धी सडक नाटक प्रदर्शन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीका विभिन्न स्थानमा बाल अधिकार सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ ।  सीपी नेपाल र स्वान संस्थाको आयोजनामा देउखुरीको गोवरडिहा—१ कालाकाटे र बेला—८ भैसहवामा उक्त सडक नाटक प्रर्दशन गरिएको हो ।

नाटकको माध्यमबाट एक अशिक्षित परिवारले आफना छोरा छोरीलाई स्कुल नपठाई श्रममा पठाएको र गाउँका एक स्वम्सेविका र अधिवक्ताको परामर्शमा अब देखि १६ वर्ष मुनिका बालबालिकालाई श्रममा नपठाउने संदेश दिएको थियो ।

बढ्दो बालश्रम शोषण अन्त्य गर्न तथा समाजमा चेतना फैलाउ उद्देश्यले उक्त नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ । भोलाराज सापकोटाको लेखन तथा निर्देशनमा तयार पारीएको नाटकको कलाकारहरुमा रामशरण चौधरी, राजु चौधरी, पार्वती चौधरी, धुव्रराज पौडेल, विशाल भुसाल, सिता चौधरी, अञ्जली चौधरी, विमला कुमाल, सञ्जीला कुमाल, असारती कुमाल, स्नेहा चौधरी, रिया चौधरी र श्यामा चौधरी रहेका छन् ।

कार्यक्रममा स्वानका कार्यक्रम संयोजक राममोती चौधरी, रेडियो साझा आवाजका स्टेशम्यानेजर तथा सीपीका कार्यक्रम संयोजक किरण शाह, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, अधिवक्ता रामशरण चौधरी , सिपीका लेखा अधिकृत सुजित शर्मा, फिल्ड संयोजक सुन्दर चौधरी, काउन्सिलर रिना चौधरी लगायतको सहभागीता रहेको थियो ।