2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

भोटखोला जग्गा प्रकरण: वडाध्यक्ष, मालपोलका नासुसहित ७ जनाको म्याद थप

 चैत्र २२, संखुवासभा | संखुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सात जनाविरुद्ध जिल्ला अदालत संखुवासभाले संगठित अपराधमा १५ दिन म्याद थप गरेको छ । 

जग्गा धनीलाई जानकारी नदिई २७ रोपनी रजिस्ट्रेसन पास गर्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुरीसहित सात जनाविरुद्ध संगठित अपराधमा १५ दिन म्याद थप गरिएको जिल्ला अदालत संखुवासभाका सेस्तादार केदार गौतमले जानकारी दिए । 

जग्गा जालसाजी आरोपमा पक्राउ परेका वडाध्यक्ष भोटे र नासु पराजुली सहित ७ जना विरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।

 भोटखोला –४  सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पालाई समेत संगठित अपराधमा म्याद थप गरेको डिएसपी सुवेदीले बताए । संगठित अपराध मुद्दामा ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने ब्यवस्था छ । 

गत १ र २ फागुनमा स्थानीय दलबहादुर तामाङको नाममा रहेको करिब तीन करोड रुपैयाँ मुआब्जा आउने कित्ता नं.२७५ र २८० को २७ रोपनी जग्गा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा रजिस्ट्रेसन पास भएको थियो ।  वृद्धभत्ताको कागज भन्दै औंठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपि समेत निकालियो । आफ्नो नाममा आएलगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त पास गरिएको विममायालाई पत्तै छैन । 

 कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरुङको नाममा वारेस पास भएको छ । वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले जनायो ।

 मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई २० हजार दिएको पीडितको भनाइ छ । विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए । बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरिएको  छ । 

प्रहरी प्रमुख सुवेदीका अनुसार उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ । अन्य ४ कित्ता भने विममायाकै नाममा सुरक्षित छ। मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल एक लाख रुपैयाँको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गा धनी विममायालाई २० हजार मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ। 

पक्राउ परेकालाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ । उक्त जग्गा १०६३ मेगावट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेको छ । आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा ५ लाख रुपैयाँ निर्धारण गरेको छ । भोटखोला गाउँपालिकाको २, ४ र ५ नम्बर वडाका विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भे र जग्गा प्राप्तिको काम तीव्र गतिमा बढी रहेको छ। 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक