2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

हिमाली आयोजनाको रसुवामा ४ करोड ६६ लाख अनुदान

himali copy

प्रेमप्रसाद पौडेल/मङ्सिर १३, रसुवा
रसुवा जिल्लामा हिमाली आयोजनाले हालसम्म ४ करोड ६६ लाख २० हजार बरारको विभिन्न
उपआयोजनाहरुलाई अनुदान उपलब्ध गराएको छ ।

नेपाल सरकार तथा एसियाली विकास बैंकको सहयोगमा आयोजनाले
विभिन्न ४३ वटा उपआयोजनाका लागि अनुदान उपलब्ध गराएको हो । उक्त उपआयोजनामा १ करोड ३२ लाख ९ हजार
रुपैंयाँ किसानहरुको कृषकहरुको लगानी रहेको बताइएको छ ।

धुन्चेमा आयोजित समीक्षा तथा पृष्ठपोषण
गोष्ठीमा आयोजना तथा उपआयोजनाको हालको अवस्था तथा भुकम्पले उपआयोजनामा पारेको असरबारे सरोकारवालाहरु तथा
व्यावसायीहरुलाई जानकारी दिइएको छ । रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न कृषक तथा
पशुपालकहरुले ३ सय ११ वटा विभिन्न उपआयोजना सञ्चलन गर्नका लागि प्रस्तावना दर्ता गराएका थिए

दर्ता गराइएका विभिन्न उपआयोजनामध्ये आयोजनाले ४३ वटा उपआयोजना सम्झौता गरी सञ्चालनमा ल्याएको
छ भने २ वटा उपआयोजना सम्झौता हुने प्रक्रियामा रहेको वरिष्ठ पशु चिकित्सक डिल्लीराम सेडाईले जानकारी
दिनुभयो । त्यस्तै विभिन्न १३ वटा उपआयोजनाहरु स्थलगत प्रमाणिकरणमा रहेका छन् ।

आयोजनाका
राष्ट्रिय टिम लिडर दलराम प्रधानले रसुवामा सञ्चालित विभिन्न उपआयोजनाहरुमा बैशाख १२ को विनाशकारी
भुकम्पले करीव ८० लाख बराबरको क्षति भएको जानकारी दिनुभयो । भौतिक संरचना, पशुपंक्षी, माछा तथा तरकारी
खेती, चिराइतो खेती आदिमा प्रभाव परेको बताइएको छ ।

रसुवामा हाल कार्यान्वयनमा आएका
उपआयोजनामध्ये चौरी, याक, नाक पालन ७, चिराइतो खेती १९, उन्नत गाईपालन तथा दुध उत्पादन १, डेरी १,
बाख्रापालन तथा मासु उत्पादन १४, रेन्वोट्राउट ५, भेडा, च्याङ्ग्रा २, तरकारी खेती १ र बंगुर पालन
व्यावसाय १ वटा सञ्चालनमा रहेका छन् ।

आयोजनामा चौरी, याक, नाक पालनका लागि ६३, चिराइतो खेती ५७,
उन्नत गाईपालन तथा दुध उत्पादन १५, डेरी ३, बाख्रापालन तथा मासु उत्पादन ११२, रेन्वोट्राउट १३, भेडा,
च्याङ्ग्रा १५, तरकारी खेती १६ र बंगुर पालन व्यावसाय १ वटा प्रस्तावना दर्ता भएका थिए

सञ्चालित उपआयोजनाबाट २ हजार २ सय १० जना आंशिक र ७६ जना पूर्णकालीन रुपमा किसानहरुले रोजगार
पाएका छन् भने ३८ लाख रुपैंयाँ बराबर प्रतिफल भएको बताइएको छ ।

रसुवाबाट आयोजनामा पेश भएका,
कार्यान्वयनमा रहेका, मूल्याङ्कन प्रक्रियामा रहेका तथा अस्वीकृत भएका उपआयोजनाहरुको विवरण हेर्न यहाँ
क्लिक गरी हेर्न सकिन्छ ।

http://himali.gov.np/docs/bps/20151122011513_Ras
uwa.pdf

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई