भदौ १४, नवलपरासी । नवलपरासीमा मुसलमान समुदायका लागि उर्दु र अरबीमा उच्च शिक्षाको  पहुँच नहुँदा विद्यार्थी भारत जान बाध्य भएका छन् । 

विद्यालय तहको मदरसा भए पनि सोभन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दू र अरबी उच्च शिक्षाका लागि सो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, नवलपरासी । नवलपरासीमा मुसलमान समुदायका लागि उर्दु र अरबीमा उच्च शिक्षाको  पहुँच नहुँदा विद्यार्थी भारत जान बाध्य भएका छन् । 

विद्यालय तहको मदरसा भए पनि सोभन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दू र अरबी उच्च शिक्षाका लागि सो"/>

2026-07-04 11:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा उर्दु र अरबीमा उच्च शिक्षाको पहुँच नहुँदा भारत जान बाध्य

भदौ १४, नवलपरासी । नवलपरासीमा मुसलमान समुदायका लागि उर्दु र अरबीमा उच्च शिक्षाको  पहुँच नहुँदा विद्यार्थी भारत जान बाध्य भएका छन् । 

विद्यालय तहको मदरसा भए पनि सोभन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दू र अरबी उच्च शिक्षाका लागि सो समुदायका बालबालिका अध्ययनका लागि भारतको गोरखपुर, महाराजगन्ज लगायत स्थानमा जाने गरेका छन् । 

जिल्लामा प्राथमिक तहसम्मको उर्दू शिक्षा हासिल गरिसकेपछि उच्च शिक्षाका लागि केही विद्यार्थी भारततिर लागे पनि अधिकांश विद्यार्थी उर्दू उच्च शिक्षाबाट वञ्जित हँुदै आएको मुसलमान अगुवा हैदर अलि मोनीनले बताउनुभयो । 

जिल्लाका विभिन्न धार्मिक विद्यालयमा माध्यमिक तहदेखि उच्च शिक्षासम्मको उचित व्यवस्था भए पनि भने उर्दू शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको मुस्लिम सङ्घ नवलपरासीका जिल्ला अध्यक्ष कासिद अलीले बताउनुभयो । 

आर्थिक रुपमा सम्पन्नशाली विद्यार्थीले भारत गई कठिनाइका साथ शिक्षा हासिल गर्ने र तर अधिकांश गरिब विद्यार्थी शिक्षाबाट वञ्चित हुन बाध्य भएको मुसलमान अगुवा इसाहाक मियाँले बताउनुभयो । 

नवलपरासीमा हाल करिब दुई दर्जनभन्दा बढी मदरसा छन् । नेपाल सरकारसँग नवलपरासीमै उच्च शिक्षा व्यवस्था मिलाउन अगुवा बुद्धन अलिले माग गर्नुभयो । राज्यले आफ्नो समुदायलाई उपेक्षित गरेको जनाउँदै नवलपरासीको मुसलमान समुदायले अब आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । जिल्लामै उर्दू र अरबी उच्च शिक्षाको व्यवस्थापन हुनुपर्ने सो समुदायको माग छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै