2026-06-28 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा माटो परीक्षण कार्य तीब्र

प्रेमप्रसाद
पौडेल/मङ्सिर १४, रसुवा ।
जिल्ला कृषि विकास कार्यालयले रसुवाका विभिन्न १६ गाविसको माटो
परीक्षण गरेको छ ।

माटोको उर्वराशक्ति कम भइरहेको बेलामा माटोको
पिएच मापन गरी माटो सुहाउँदो खेती प्रणाली अबलम्बन गर्नका लागि उक्त परीक्षण कार्यलाई तीब्रता दिइएको
जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयले विभिन्न १६
गाविसका सबै वडामा गरिएको माटो परीक्षण तथा त्यसको नतिजा समावेश गरी स्वायल प्रोफाइल नामक पुस्तिका
प्रकाशन गरेको छ । उक्त पुस्तिकामा माटो परीक्षण गर्ने तरीका तथा माटोको उर्वराशक्ति कायम गर्ने तरिका
समेत् उल्लेख गरिएको छ ।

पुस्तिकाको माध्यमबाट विभिन्न गाविसको
माटोको पिएच मानलगायत त्यसमा रहेका मुख्य खाद्य तत्वहरु तथा माटोमा रहेका कमी कमजोरीका बारेमा जानकारी
प्राप्त गर्न सकिने पुस्तिकामा जनाइएको छ ।

पुस्तिकाको
माध्यमबाट जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश हुमागाईले माटो परीक्षण कार्यले कृषिको यथार्थ
योजना तर्जुमा र उपयुक्त बाली प्रणाली छनोट गर्न सहयोग पु¥याउने बताउनु भएको छ । जिल्लामा रहेका सबै
सेवा केन्द्रबाट माटोको परीक्षण नियमित गर्न सकिने गरी दक्ष तथा तालिमप्राप्त कर्मचारीको पनि व्यवस्था
गरिएको बताइएको छ ।

परीक्षण गरिएका १४४ वडा तथा विभिन्न ५ सय
माटो परीक्षणको नतिजा अनुसार परीक्षण गएिको माटोमध्ये ४३ प्रतिशत बलौटे दोमट, ३९ प्रतिशत दोमट र १५
प्रतिशत चिम्टे माटो रहेको पुस्तिकामा जनाइको छ । त्यसैगरी २३ प्रतिशत माटोको पीएच मान तटस्थ रहेको छ
भने ५६ प्रतिशत माटोमा कम अम्लियपन तथा २० प्रतिशत माटोमा धेरै नै अम्लियपन रहेको छ । परीक्षण गरिएका
माटोमध्ये १ प्रतिशत माटो क्षारिय प्रकृतिको रहेको छ ।

माटो
मापन नतिजा अनुसार जिल्लाको ६९ प्रतिशत माटोमा नाइट्रोजन तत्व कमी रहेको र ४ प्रतिशत माटोमा मात्र
नाइट्रोजन तत्वको पर्याप्तता रहेको बताइएको छ । त्यस्तै २१ प्रतिशत माटोमा फस्फोरस तत्व पर्याप्त रहको र
७७ प्रतिशत माटोमा उक्त तत्व कमी रहको उल्लेख गरिएको छ ।

आठ
प्रतिशत माटोमा मात्र पोटास तत्वको पर्यात्तता रहेको छ भने ७६ र १६ प्रतिशत माटोमा पोटास तत्व न्यून र
मध्यम रहेको छ । उन्नत उत्पादनका लागि आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटास तत्वको उल्लेखित
अवस्थालाई मध्येनजर गर्दै सुधारका लागि आवश्यक कार्ययोजना तय तथा कार्यान्वन गर्ने पनि जिल्ला कृषि
विकास कार्यायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी