2026-06-28 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा विनाशकारी भूकम्पबाट आयोजनामा ७९ लाख क्षति

हेमनाथ खतिवडा/मङ्सिर १४, रसुवा । विनाशकारी भूकम्पका कारण
साना किसान तथा उद्यमीहरुको आयोजनाहरूमा ७९ लाख ८ हजार ४ सय ५४ रूपियाँको क्षति भएको छ । धुन्चेका भएको
छलफलमा किसानहरुले क्षति बिबरण सुनाएका हुन् ।

जिल्लामा
सञ्चालित ४३ ओटा उप–आयोजनामा पशुपंक्षी (माछा समेत)मा ४३ लाख १० हजार, तरकारीमा ३ लाख ७५ हजार र भौतिक
पूर्वाधार निर्माणमा ३२ लाख २३ हजार ४ सय ४५ रूपया गरी ७९ लाख वरावरको क्षति भएको वरिष्ठ पशु चिकित्शक
डा डिल्लीराम सेढाँइले जानकारी दिए । भर्खरै लागानी गरेको आयोजनाले धेरै क्षति ब्यहोर्नु परेको बताउँदै
, सरकारले आयोजना पुर्न निर्माणमा ध्या नदिएको कृषकहरुले गुनासो गरे ।

उपआयोजनाहरूमा हालसम्म ५
करोड ९८ लाख २९ हजार रकम लगानी भैसकेको छ । जसमा हिमाली आयोजनाको तर्फबाट ४ करोड ६६ लाख २० हजार अनुदान
प्रदान गरेको छ भने १ करोड ३२ लाख ९ हजार रुपियाँ व्यवसायी आफैले लगानी गरेका थिए । हिमाली आयोजनाका
धनराम प्रधानले यस अघि पनि ८० र ५० प्रतिसत आयोजनाले सहयोग गरेकोमा क्षतीको पनि ८० प्रतिसत नै सहयोग
गर्ने बताए ।

चौरी,याक नाक पालन ७ ओेटा, चिराइतो खेती विस्तार १० ओटा, उन्नत गाई पालन तथा दुध
उत्पादन१ ओटा, डेरी एक ओटा, बाख्रा पालन तथा मासु उत्पादन १४ ओटा, रेन्वो ट्राउट माछा पालन ५ ओटा, भेडा
च्यांग्रा पालनमा २ ओटा, तरकारी खेतीमा १ र वंगुरपालनमा १ गरी ४३ ओटा प्रस्तावना स्विकृत भैई कार्य समेत
अघि बढिसकेको छ ।

रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने
विभिन्न कृषक तथा पशुपालकहरुले २०७१ फागुन १७ सम्म जिल्लामा ३ सय ११ ओटा प्रस्तावना दर्ता गराएका थिए ।
जसमा २ जनाले प्रस्तावना फिर्ता लगेका थिए भने एउटा कोड दोहोरिएकाले फिर्ता भएको थियो । आयोजनामा
मुल्याङकनको लागि ३ सय ९ ओटा प्रस्तावना पठाइएको वरिष्ठ पशु चिकित्शक डिल्लीराम सेढाइले जानकारी दिनुभयो

सञ्चालित उपआयोजनाबाट २ हजार २ सय १० जना आंशिक र ७६ जना
पूर्णकालीन रुपमा किसानहरुले रोजगार पाएका छन् भने ३८ लाख रुपैंयाँ बराबर प्रतिफल भएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी